जी ५ एमएफसि कप २०१६ हुँदै

-- NTA REP. / प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३

machapurhrefc-logoसिड्नी स्थित नेपाली फूटबल क्लब माछापुच्छ्रे एफ सि द्वारा आगामी नोवेम्बेर १९ र २० का दिन जी ५  एमएफसि कप २०१६  आयोजना गरेको छ । पश्चिम सिड्नीको ब्ल्याकटाउन काउन्सिल अन्तर्गत भ्यालेन्टाइन पार्कमा आयोजित यो कार्यक्रममा कूल २५ टिमहरु प्रतिस्पर्धामा सहभागी हुने छन् । जसमा १६ टिम खुला समूह र ८ टिम ३५ प्लस समूहका रहने छन् । अन्य राज्यहरुबाट पनि खेलाडीहरु सहभागी हुने उक्त कार्यक्रममा खेलकूदका अतिरिक्त बाल बच्चा तथा सर्बसाधारणलार्इ पनि मनोरंजनको व्यवस्था मिलाएको कुरा आयोजकहरुले बताएका छन् । “फूटबलको दृष्टिकोणले  भ्यालेन्टाइन पार्क न्यु साउथ वेल्सकै एउटा महत्वपूर्ण स्टेडियम मानिन्छ। “हामी हाम्रा दर्शक तथा खेलाडीहरुलाई एउटा बिस्वस्तारिय खेलको अनुभव दिलाउन चाहन्छौ”  एक प्रश्नको उत्तरमा माछापुच्छ्रे एफ सि का अध्यक्ष बिजेन बाटाजुले बताए।

कूल ३६०० अष्ट्रेलियन डलर पुरस्कार राखिएको यो प्रतिस्पर्धात्मक खेल अतिनै स्तरीय हुनेमा क्लब बिस्वस्त छ । प्रथम पुरस्कार २००० अष्ट्रेलियन डलर, रखिएको छ भने दोश्रो र तेश्रो हुने टिमलार्इ क्रमश ८०० र ४०० अष्ट्रेलियन डलर राखिएको छ । त्यसै गरि उत्कृस्ट खेलाडी, उत्कृस्ट गोल किपर , म्यान अफ द म्याच  तथा हाइ स्कोररलार्इ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

“अध्यायनको सिलसिलामा अष्ट्रेलिया आएका बिद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले माछापुच्छ्रे क्लबले यास्तो आकर्षक कार्यक्रम ल्याएकोले हामी प्रयोजन गरि सधै तयार छौ” प्रायोजक G5 को तर्फ बाट बोल्दै बिज एजुकेसनका कृतु के सी  थप्छन । नेपाली खेलाडीहरुको क्षमता प्रदर्शनको लागि एस्तो खेलहरु अति महत्वपूर्ण हुने कुरामा बिस्वास ब्यक्त गर्छन  G5 कै अर्का सदस्य ग्यालेक्सी एजुकेसनका राजमान थकाली।

व्यक्तिव बिकासका लागि  खेलकूद भन्ने उद्दश्य राखीसमेत सन् २०१३ मा स्थापित यो माछापुच्छ्रे क्लबले आजसम्म धेरै भन्दा धेरै यूवा तथा खेल प्रेमीहरुलाई सहभागी गर्नुको साथै  थुप्रै परोपकारी कार्यहरुपनि गर्दै आएको छ । यसै गरि यस  जी ५  एमएफसि कप २०१६ बाट बचत हुने रकम पनि परोपकारी कार्य मै लगाउने जानकारी एमएफसिका महासचिब रोहित थकालीले जानकारी दिए । एमएफसि बर्तमान कर्यसमितिका अध्यक्षमा बिजेन बटाजु, महासचिबमा रोहित थकाली , कोषाध्यक्षमा सुरुचि श्रेष्ठ, सहायक सचिबमा रक्षा शर्मा, क्लबका प्रतिनिधिमा इश्वर पहारी, कार्यक्रम संयोजकमा विजय राउत र बिभुषण बिष्ट, कार्यकारी सदस्यमा निरज श्रेष्ठ, अजय गुरुङ र यज्ञधर बज्राचार्य छन् भने सल्लाहकारहरुमा बिष्णु हमाल र राजु अधिकारी रहेका छन् ।