नवौं अनसनमा डा.केसी

-- / प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३

काठमाडौं- अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने सहितका चार बुदे माग राख्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नवौं आमरण अनसन प्रारम्भ गर्नु भएको छ ।

आज सोमबार दिउसोदेखि डा. केसी अनसनमा बस्नु भएको हो ।

लोकमानलाई महाअभियोग लगाउने प्रक्रिया प्रारम्भ नभएसम्म अनसन नतोड्ने डा.केसीको अडान छ ।

सरकारले पहिले पनि सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै उनले अब प्रक्रिया प्रारम्भ नभइ अनसन नरोकिने बताउनु भयो ।

डा. केसीले सरकार माफियाले चलाएको भन्दै आईओएमको एउटा डिन नियुक्त गर्न नसक्नेले अरु के गर्नसक्छ ? भन्ने प्रश्न समेत गर्नु भयो ।

यसअघि अघिल्लो साता डा.केसीले अनसन बस्ने घोषणा गर्नु भएको थियो तर सरकारले सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएको जानकारी गराएपछि डा. केसीले एक साताका लागि स्थगित गर्नु भएको थियो ।