सुसनको ‘दसैं–तिहार रमाइलो’ सार्वजिनक

-- / प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३

dasain-tihar-ramailo-copy

काठमाडौं— केही अघि ‘सोल्टिनी…’ शीर्षकको गीतबाट चर्चामा आएका गायक सुसन साम्सोहाङ लिम्बुले दसैं तथा तिहारको अवसर पारेर ‘दसैं तिहार रमाइलो…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ओम प्रकाश राईको संगीतको यो आधुनिक शैलीको गीतमा लाहाङ सुब्बाको संगीत संयोजन छ ।
निर्देश्ँक देव नेपालले यो गीतको भिडियोमा समेत दसैं तथा तिहारको मनमोहक वातावरणलाई चित्रण गरेका छन् । भिडियोमा गृष्मा आङबुहाङ लिम्बु, अनु कार्की तथा साथीहरुले अभिनय गरेका छन् । संगीत आङखेवा लिम्बुले नृत्य निर्देशन गरेको यो भिडियोका छायांकार अजय रेग्मी हुन् भने अर्जुन पोखरेलले यो भिडियो सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो :