सिड्निमा  छठ पर्व मनाइदै 

-- The NTA / प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
सधैका बर्ष हरुमा झैँ यो साल पनि एशोसिएन अफ् नेपाल तराई अस्ट्रेलियाले  छठ पर्बको उपलक्ष्यमा छठ पुजाको कार्यक्रम गर्दैछ । नेपालीहरु कै राष्ट्रिय चाड मध्येको एक तेस्मा पनि तराईबासीहरुको प्रमुख चाड छठ सुर्यको पुजा आराधना सहित मनाउने गरिन्छ ।
chath-puja
सिड्नीको केण्ड्रिक पार्क टेम्पीमा १३  नोभेम्बेर आइतबारका दिन हुन लागेको उक्त कार्यक्रममा उपस्थित भई पुजा आराधना र प्रसाद ग्रहणमा सहभागी हुन संस्थाको तर्फबाट सुबांश शाहले सबै दाजु भाई दिदि बैनी हरुलाई अनुरोध गर्नु भएको छ।  कार्यक्रम सम्बन्धि थप जानकारीका लागि प्रविन चौरसिया-0402017205,अरुण ठाकुर-0423936804 वा सुबांश शाहलाई 0414874552 सम्पर्क गर्न अनुरोध गरिएको छ।