१३ बर्षिय अभनिशाको ‘डाना’ प्रकाशित 

-- The NTA / प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३
    complete-book-1abhinasha-adhikyaryसिड्नी परामाटाको माकरथर गर्ल्स स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी १३ बर्षिय अभनिशा अधिकारीले सानै उमेरमा लेखेको “डाना” नामक एक पुस्तक लेखिकी छन् । आफु संगै पढ्ने भारतीय मुलकी अर्की साथी इशा देबीको सहलेखनमा इ-बुकको रुपमा प्रकाशित यस किताब हाल अनलाइन मार्फत बिश्वको सबै ठाउँमा उपलब्ध छ ।
सानै देखि लेखन र चित्रकालमा रुचि राख्ने अभानिशका अनुसार उनीहरु कै अर्को एक जना साथिलाई जन्मदिनको उपहार दिने किसिमले शुरुमा यो किताब लेख्ने सोच उनि र उनको अर्को साथिमा आएको थियो ।
द नेपाली टाईम्स अस्ट्रेलिया संग कुरा गर्दै अभानिशाले भनिन यो एउटा काल्पनिक कथामा आधारित किताब हो जसमा स्कुल पढ्ने एक जना नानि “डाना” ले झेल्नु परेको समस्याहरु छन् । कामको शिलशिलामा लीथेनिया पुगेका एक अमेरिकी परिवार र तिनकै छोरि डाना जब भुत-प्रेत रहेको एउटा घरमा बसोबास गर्न पुग्छन अनि डानाको दैनिकी सहज हुदैन । उनलाई परेका बिबिध समस्याहरु, उक्त घरमा आइ भुत-प्रेतले दिने दुख र ति समस्याबाट पार पाउन डानाले गरेका बिबिध प्रसंगहरु लाई निकै भिन्न एबं उत्सुकता पूर्ण तरिकाले यस किताबमा समाबेश गरिएको छ ।
नेपालको ज्ञानेश्वरबाट अस्ट्रेलिया आइ सिड्नीको पारामाटा क्षेत्रमा बसोबास गर्ने अभनिशाका बाबु राम अधिकारीले छोरीको सानै देखिको लेखन प्रतिको रुचि रहेको बताए । उनका अनुसार हाल इ-बुकको रुपमा प्रकाशित यस पुस्तक इ-बुकमा निश्चित कपि बिक्रि बितरण पश्चात प्रिण्टेड कपिको रुपमा पनि प्रकाशन हुनेछ । पुस्तक सम्बन्धि थप जानकारी http://bookdana.com मार्फत उपलब्ध छ।