सुरेन फोटोग्राफी एंड टिमको तेश्रो भिडियो सार्बजनिक 

-- The NTA / प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
prem-geet-sarbajanikअगष्टमा ‘हुन्छ मायामा’, सेप्टेम्बरमा ‘दशैं तिहार’ भिडियो सार्बजनिक गरि संगित क्षेत्रमा उत्साहाका साथ आइरहेको सुरेन फोटोग्राफी एंड टिमले हालै तेश्रो भिडियो ‘प्रेम कथा’ सार्बजनिक गरेको छ ।
यस पटक नेपालबाट कार्य सम्पादन गरि सार्बजनिक गरिएको उक्त भिडियोमा अनिल सिङ र पुजा शर्माको शसक्त प्रस्तुति देख्न पाइन्छ । अनिल सिङ र पुजा शर्मा कै आवाजमा रहेको यस गीतका शब्दहरु नरेश भट्टराईका हुन् । प्रेम गित नामक चलचित्रमा शसक्त अभिनय गरि धेरै दर्शकको मन जितेकी पुजाको लागि यो पहिलो गित हो भने इमेज अवार्डमा सर्बोकृस्ट गाएकको उपाधि पाएका अनिल सिङ आहिलेको युवा पुस्ता माझ प्रिय गायक हुन् ।
सुदिप श्रेष्ठको क्यामरा, सम्पादन र निर्देशनमा रहेको यस भिडियोको कोरियोग्राफी सरिता राज्ज्वाले गरेकी हुन् भने गितको  म्युजिक अनिल सिङ र एरेन्ज शैलेन्द्र एम प्रधानले गरेका हुन् ।