“पुरानो डुंगा” खियाउन रामबाबु, दयाहाङ र रौनकबिक्रम अष्ट्रेलिया आउंदै

-- The NTA / प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३
दुइ सफल चलचित्र कबड्डि र कबड्डि कबड्डि पछि पुरानो डुंगाको निर्देशन गरेका युवा निर्देशक रामबाबु गुरुंग आफ्नो चलचित्र लिएर अष्ट्रेलिया आउने भएका छन । उनको साथमा पछिल्लो समयका ब्यस्त नायक दयाहांग राइ र पुरानो डुंगाका निर्माता रौनकबिक्रम कंडेल पनि अष्ट्रेलिया आउंदै छन ।
img_8709
यहि नोभेम्बर २५ र २६ तारिखका दिन इभेन्ट सिनेमा जर्ज स्ट्रिटमा सांझ ६ बजेबाट चलचित्रको रेड कार्पेट प्रदर्शन गर्न लागिएको अष्ट्रेलियाकालागि पुरानो डुंगाको प्रदर्शन अधिकार पाएको ‘हो र होइन होला’ इभेन्टसका रोशन भट्टराइले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनुभयो ।
चलचित्रको टिकट बुकिंग  www.ticketplus.com  वा  www.sydneynepal.com.au  वा  www.horahoinaholaevents.com  मार्फत गर्न सकिनेछ । चलचित्र सम्बन्धि थप जानकारिको लागि 0470770095 वा 04470359135 मा सम्पर्क गर्न सकिनेछ ।
पुरानो डुंगाको ‘ निर जहिले रिसाउने…..’  नामक गित चलचित्रको रिलिज अगावै सर्वाधिक लोकप्रिय बनेको छ भने चलचित्रको ट्रेलर पनि युटुबमा रिलिज गरेको छोटो समयमै लाखौंले हेरिसकेका छन् ।