भाइटीकाको साइत ११:५२ मा

-- / प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३

vaitika

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको तिहारको टीकाको उत्तम साइत कात्तिक १६ गते मंगलबार (नोभेम्बर १) मध्याह्न ११ बजेर ५२ मिनेट (नेपाली समय अनुसार) भएको जनाएको छ ।
समितिको सोमबारको बैठकले उक्त निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् । ‘यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ’ भनेका छन् ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ ।

यस वर्ष कात्तिक १२ गते (अक्टोबर २८) शुक्रबार कागतिहार, १३ गते (अक्टोबर २९) शनिबार कुकुर तिहार, १४ गते आइतबार (अक्टोबर ३०) लक्ष्मीपूजा, १५ गते सोमबार (अक्टोबर ३१) गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।