ओएसिस वारियर्स कप बास्केटबल टुर्नामेन्ट हुंदै

-- The NTA / प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३
img_8756ओएसिस एजुकेसन सिड्निको आयोजनामा ओएसिस वारियर्स कप बास्केटबल टुर्नामेन्ट २०१६ आयोजना हुने भएको छ । यहि अक्टोबर ३० तारिखका दिन सिड्नि ब्यान्क्सटाउनमा रहेको कोन्डेल पार्कमा बिहान ७ बजेदेखि दिउंसो ३ बजेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।
यस बास्केटबल प्रतियोगितामा प्रथम हुनेले ११०० डलर नगद र प्रमाणपत्र साथै द्दितिय हुनेले नगद ५५० डलर र प्रमाणपत्र प्राप्त गर्ने आयोजजकले बताएका छन ।
प्रतियोगितामा सहभागि हुन चाहने टिमले ३०० डलर तिरेर आफ्नो नाम दर्ता गराउनुपर्नेछ । प्रतियोगिता सम्बन्धि थप जानकारि र टिम दर्ताको लागि प्रदिप केसि ०४३१६११९४१ वा सौगात थापा ०४११४३१६९२ वा आशुतोष पान्डेलाई  ०४२०९७७११० मा सम्पर्क गर्न सकिनेछ ।