डार्विनमा दशै तिहार बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

-- कृष्ण रानाभाट / प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३
norther-terotory-dashin-3नेपलिज एसोसियसन अफ नर्दन टेरोटोरी (NANT) द्वरा अयोजित दशै तिहार कार्यक्रम डार्विनको फिलिपिनो हलमा गत १७ अक्टोबरका साँझ भब्य रुपमा सम्पन्न भएको छ | नेपाली कला र संस्कृतिको सम्बर्धन गर्ने उदेस्यले आयोजना गरिएको उक्त कार्यक्रममा नर्दन टेरोटोरी सरकारका मल्टी कल्चरल एफेयर साहायक मन्त्रि केट वोर्डनले प्रमुख अतिथीको रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने सोही अवसरमा डार्विनका नेपाली पन्डित नारायण दाहालले बैदिक मन्त्र् उचारण गर्नु भएको थियो।
कार्यक्रममा अतिथीको तर्फबाट डार्विन सिटिका लर्ड मयेर कर्टिना फंग लिम, मेयर अफ प्लमेर्स्टन इयान एबट, हिन्दु सोसाइटि नर्दन टेरोटोरीक़ा प्रेसिडेन्ट सबरथनाम प्रथापनले दशै तिहार कार्यक्रम को सफलता को शुभकामना दिनु भएको थियो । लोकल म्युजिक बैन्ड Yaks @ Tanami को साङ्गीतिक प्रस्तुतीबाट सुरु भएको उक्त कार्यक्रममा स्थानिय कलाकारले आफना बिबिध प्रस्तुतिहरुले सबैलाई भरपुर मनोरंजन दिएका थिए । norther-terotory-dashin-1औपचारिक कार्यक्रमको सुरुवातमा कार्यक्रमको बारेमा जानकारी दिदै यस कार्यक्रमका संयोजक कृष्ण ढुंगानाले कला र संस्कृतिको जागेर्नाको लागि NANT यो कार्यक्रमको आयोजना गरेको र यसलाई भबिश्यमा पनि निरन्तरता दिने बताऊनु भएको थियो। उक्त अवसरमा NANT का अधक्ष्य तथा NRNA -NT का कार्यबहाक संयोजक सुदिप श्रेष्ठले सम्पूर्ण अतिथी तथा उपस्थितहरु लाई स्वागत गर्दै नेपाली कला र संस्कृतिको सम्बर्धनमा सम्पूर्ण कम्युनिटी मेम्बरको उपस्थितीले आफुलाई ऊतसाहित बनाएको र आगामी दिनमा एस्ता कार्यक्रमहरु लाई रचनात्मक बनाउने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण चर्चित् लोक तथा दोहरी गायक बद्रि पंगेनी र चर्चित् बेली डान्सर प्रीती आलेले बिभिन्न कर्णप्रिय्र लोक दोहोरी गीतमा दर्सकहरु लाई नचाउनु भएको थियो । सोही अवसरम़ा NANT को तर्फबाट संयुक्त रुपम़ा NANT अधक्ष्य सुदिप श्रेष्ठ र NANT सचिब अन्जना पन्तले कलाकारहरु लाई मायाको चिनो प्रदान गर्नु भएको थियो । norther-terotory-dashin-2साथै बिभिन्न क्षेत्रमा उत्कृष्ट हुनेहरु लाई आकर्षण गिफ्ट भौचर वितरण गरिएको थियो । कार्यक्रमको अन्तमा संक्षिप्त प्रतिकृया दीदै NANT को उपाध्यक्ष  तथा अतिथी बेबस्थापन प्रमुख यूगराज अधिकारीले कार्यक्रम भब्य साथै सभ्य रुपमा सफल भएकोमा खुशी व्यक्ति गर्नु भएको थियो। सो कार्यक्रमको संचालन NANT सदस्य कृष्ण रानाभाट र मनिषा गुरुङ्ले आकर्षण शैलीमा संयुक्त रुपमा गर्नु भयको थियो। सो कार्यक्रम लाई नर्दन टेरोटोरी सरकार, KBA Finance and Property Solution, 360 Mortgage Solution, Kemo House, Tiger Develpoment तथा Spice of Himalayas Nepalese Restaurant ले स्पोन्सेर्स गरेको थिए । Supporter NRNA -NT, तेस्तै भान्छा बेबस्थापना डार्विन हेर्ट्स फुटबल कल्ब, मिडियामा अमित पराजुली फोटोग्राफीमा सुजित सापकोटा र सर्दुल भारद्वाजले सहयोग गर्नु भएको थियो ।