फाइनलमा नेपाल र मकाउ भिंड्ने

-- / प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३

nepal-vs-laos
काठमाडौंं-नेपाल तथा मकाउले मंगलबार उपाधिका लागि फाइनल खेल खेल्ने तय भएको छ । शनिवार भएका दुई सेमिफाइनल खेलमा नेपालले लाओसलाई तथा मकाउले ब्रुनाइलाई ट्राइब्रेकरमा पराजिट गरेपछि फाइनलमा नेपाल र मकाउको भेट सम्भव भएको हो ।

मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइबेकरमा ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

कुचिङस्थित नेगेरी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत नेपाल र लाओसले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा नेपालका हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसको ३ ओटै प्रहार नेपालका गोलकिपर किरण चेमजोङले विफल बनाइदिएका थिए ।

यसअघि पहिलो हाफको १८ औं मिनेटमा लाओसका चाम्पा थोङले गोल गर्दै आफ्नो टोलीलार्इ पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ शुरू भएको दोस्रो मिनेटमा नै नेलाले गोल गर्दे खेललार्इ एक एक गोलको बराबरीमा ल्याएको थियो । नेपालका लागि बिमल घर्ती मगरले भरत खवासको पासमा हेडरमार्फत गोल गरेका थिए ।

खेलको १०४ औं मिनेटमा नेपालका मिनेटमा नेपालका अनन्त तामाङले हेमन्त गुरूङको पासमा गोल गर्दै नेपाललार्इ २–१ को अग्रता दिलाएका थिए । तर, लाओसका चाम्पा थोङले ११७ औं मिनेटमा हेडरमार्फत गोल गर्दै पुन आफ्नो टिमलाई बराबरीमा पु¥याएका थिए ।