एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

-- / प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३

fullsizerender-1

काठमाडौं-एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मकाउलाई १–० ले पराजित गर्दै नेपालले एक बर्ष भित्र अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ । एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै नेपाली फुटबलले ईतिहास रचेको छ ।

नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा पाएको सोलिडारिटी कप नै सबै भन्दा ठुलो उपाधि हो । मलेसियाको कुचिङस्थित सारावाक स्टेडियममा नेपाललाई उपाधि दिलाउन सुजल श्रेष्ठले गरेको गोल नै पर्याप्त रह्यो । खेलको ३० औं मिनेटमा भरत खवासको उत्कृष्ट क्रसमा सुजलले हेडमार्फत बललाई पोष्टको दिशा दिएका थिए ।

खेल अवधीभर मकाउलाई दबाबमा राखेको नेपालले थप गोल गर्न भने सकेन । मकाउले नेपाली पोष्टमा एउटा पनि गतिलो आक्रमण बुन्न सकेन । नेपालले बर्षको पहिलो उपाधिको रुपमा बंगलादेशमा बंगबन्धु गोल्डकप र भारतमा साग फुटबलमा पुरुषतर्फ स्वर्ण जितेको थियो ।