रोइला गितमा पशुपतिको कमब्याक, मन्जुसँग घम्साघम्सि

-- The NTA / प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३
manju-paudelनेपालि लोक संगितमा नयाँपन भित्राउंदै युवा देखि बृद्ध सबैमाझ लोकप्रिय गायक पशुपति शर्माले चर्चित उद्घोषिका तथा गायिका मन्जु पौडेलसँग  लामो समयपछि फेरि रमाइलो ठट्यौलि पाराको रोइला गित निकालेका छन । उनका पुराना रमाइला रोइला गित लोक पारखिका मुंखमा अझै गुन्जिन्छन । लामो समय तिज गित र अन्य समसामयिक गित निकाल्नमा ब्यस्त पशुपति शर्माले हालै मात्र रोइला गितको यो घम्साघम्सि बिएमएस फिल्मस मार्फत सार्बजनिक गरेका छन । गायिका मन्जु पौडेलको भने यो पहिलो रोइला गित हो ।
बिल्कुलै गामबेशि परिबेश अनि मौलिक शब्द र संयोजन रहेको यस यस गितमा स्वयं मन्जु पौडेल र पशुपति शर्माको शब्द र स्वर रहेको छ भने संगित पशुपति शर्माले भरेका हुन । एरेन्जर बिनोद बाजुरालि रहेको यो गितको भिडियो छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन र सम्पादन नबिन घर्ति मगरले र दृश्य निर्माण एकता फिल्मसले गरेको हो ।
यो प्रतक्ष्य दोहोरि रोइला भएकेले शब्दहरु केहि हलुका भएपनि आफ्ना अरु गित जस्तै यस गितलाई पनि दर्शक श्रोताहरुले मन पराउने गायक पशुपति शर्मा र गायिक मन्जु पौडेलले बिश्वास गरेका छन । युटुबमा समेत सार्बजनिक गरेको छोटो समयमै हजारौं मानिसले गितको म्युजिक भिडियो हेरिसकेका छन ।
घम्साघम्सि रोइला गितको भिडियो हेर्न यहां जानुहोला :