तोडियो डाक्टर केसीको अनसन

-- / प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७३

dr-kc_1-copy

काठमाडौं— चिकित्सा क्षेत्रका विकृति अन्त्यका लागि अनसनरत डा.गोविन्द केसीले २२ औं दिनमा अहिले भरखर आफ्नो अनसन तोडेका छन् ।
डा.केसीले आज बिहान साढे दुई वर्षे बालक मर्साङ तमाङको हातबाट जुस पिउदै अनसन तोडेका हुन् ।

डा. केसी र सरकारबीच १२ बुदे सम्झौता भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डीन नियुक्तिसहित १० बुँदे माग राखेर डाकेसी अनसनमा बसेका थिए । डा.
केसीको माग अनुसार डीन केपी सिंहले राजीनामा दिएका छन् । त्यस्तै नयाँ डीनमा वरिष्ठताका आधारमा जेपी अग्रवाल नियुत्तः भएका छन् ।

आज भएको सहमति अनुसार चिकित्सा ऐन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेजलाई अनुमति दिइने छैन । त्यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपित तीर्थ खनियाको बर्खास्तिको मागमा अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरिएको छ ।

शिक्षाविद केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिले अध्ययन गर्ने छ ।