यस्तो आयो लुट–२ को ट्रेलर

-- / प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३

काठमाडौं- चार वर्षअघि निर्माण भएको चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट–२’ पहिलो ट्रेलर बिहिबार काठमाडौंमा प्रिमियर गरिएको छ । दर्शकहरुको प्रतिक्षाको सुचीमा रहेको उक्त चलचित्रले सञ्चारकर्मीमाझ उक्त ट्रेलर सार्वजनिक गरेको हो । निश्चल बस्नेतद्वारा निर्देशिक्त उक्त चलचित्रको ट्रेलरमा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको छ ।

लुट–२ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मा आदि कलाकारले अभिनय गरेका छन् । माधव वाग्ले तथा नरेन्द्र महर्जनद्वारा निर्मित यो चलचित्रको सार्वजनिक प्रदर्शन फागुन १३ गतेदेखि हुने छ । ट्रेलर सार्वजनिक गर्ने समारोहमा चलचित्रको ‘हाकु रन’ नाम राखिएको मोबाइल एप पनि सार्वजनिक गरिएको छ । उक्त एपमा गएर चलचित्रका मुख्य पात्र हाकु काले तथा गोप्लेमार्फत रमाइलो खेल खेल्न सकिनेछ ।

यस्तो छ लुट २ को ट्रेलर :

https://youtu.be/nX2fcXN_Yks