रहेनन् चर्चित र्‍यापर यमबुद्ध

-- / प्रकाशित मिति : आइतवार, माघ २, २०७३

काठमाडौं— यमबुद्धको नामले चर्चित र्‍याप गायक अनिल अधिकारीको शनिवार बेलायतको लण्डनमा निधन भएको छ । बीबीसी नेपालीका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६ः२० बजे एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने खबर पाएपछि घटनास्थल पुगेको लण्डनको मेट्रोपोलिटन पुलिस र चिकित्सा टोलीले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । उक्त घटना शंकास्पद नठानिएको त्यहाँको प्रहरीले जनाएको छ ।

२९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । धनकुटामा जन्मिएका अधिकारी पछिल्लो समय सपरिवार लण्डनमा बस्दै आएका थिए ।

र्‍यापर अधिकारीका आमा, जुत्तामा, साथी जस्ता चर्चित गीतहरु छन् । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् ।