यस्तो छ लप्पन छप्पनको ट्रेलर

-- / प्रकाशित मिति : आइतवार, माघ २, २०७३

काठमाडौं-चैत ११ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लप्पन छप्पन’ को ट्रेलर यूट्युबमा प्रिमियर गरिएको १५ घण्टामै १ लाख पटक हेरिएको छ । सार्वजनिक भएको छोटो अवधिमै उक्त ट्रेलरले दर्शकदर्शकको मन जित्न सफल भएको छ । सामाजिक सञ्जालमा चलचित्रको ट्रेलर शेयर गर्ने क्रमसंगै चलचित्रका दृष्यहरु समावेश गरेर ट्रोल निर्माण हुने क्रम पनि बढेको छ ।
चलचित्रको ट्रेलरमा यसका मुख्य अभिनेता सौगात मल्ल अन्य चलचित्रको तुलनामा पृथक देखिएका छन् । अधिकांश छायांकन यूरोपमा गरिएको यो चलचित्रमा सौगातको व्यक्तित्वलाई आकर्षक बनाउने प्रयास गरिएको छ । चलचित्रको ट्रलरमा सौगातसंगै दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटीलाई पनि देख्न सकिन्छ । पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको यो चलचित्रका निर्देशक मुकुन्द भट्ट हुन् ।

यस्तो छ ट्रेलर :