तेरियालाई जिताउने अभियान

-- / प्रकाशित मिति : सोमवार, माघ ३, २०७३

काठमाडौं—भारतीय टेलिभिजन च्यानल जिटिभीको लोकप्रिय डान्स रियालिटी सो डिआईडी सिजन—३ को विजेता बन्न सफल रुपन्देहीको बुटवल नजिकै रुद्रपुरकी १४ वर्षीया नेपाली चेली तेरिया फौजा मगर फेरी नेपालको नाम विश्वसामू चिनाउने क्रममा अघि बढेकी छिन् ।
भारतको टेलिभिजन च्यानल कलर्सको लोकप्रिय डान्स रियालिटी सो झलक दिखलाजा अहिले जारी सिजनमा उनी फाइनलमा पुगेकी छिन् । जनवरी २१ तारीख अर्थात यही आउने शनिवारका दिन हुने ग्य्राण्ड फाइनलमा भिडन्त गर्न लागेकी नेपालको शान तेरिया फौजा मगरलाई जिताउनका लागि प्रारम्भ गरिएको ‘तेरिया जिताऔं अभियान’ को आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक जानकारी गराइएको छ ।

भोटिंगका लागि

तेरियालाई जिताउनका लागि धेरै संख्यामा एसएमएस तथा इमेल भोटको आवश्यकता पर्दछ । त्यसका लागि तेरिया जिताउ अभियानले तेरियालाई भारतको सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म एसएमएस भोटिंग गर्न सक्ने जानकारी गराएको छ । यसबाहेक अनलाइन भोटिंगका लागि पनि एउटा अनलाइन पिसीबाट सयपटकसम्म भोट गर्न सकिनेछ । भोटिंग १४ जनवरीबाट प्रारम्भ भैसकेको छ भने १९ जनवरी, बिहिबार राती ९ बजेसम्म भोट गर्न सकिनेछ ।

Voting Details :
Type “TER” & send to 56882
Online voting website : www.colorstv.com/jhalak