राष्ट्रपतिको छोरीको विवाहमा पूर्व राजा सहभागि

-- / प्रकाशित मिति : सोमवार, माघ ३, २०७३

काठमाडौं— आज सोमबार सम्पन्न भैरहेको राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागि भएका छन् ।

राष्ट्रपति भण्डारीकी छोरी निताकुशुम तथा पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिशेषको विवाहमा सहभागि हुन पूर्व राजा ज्ञानेन्द्र शीतल निवास पुगेका हुन् । दिउसो साढे १२ बजे शीतल निवास पुगेका पूर्वराजाले दुलाहा–दुलहीलाई शुभकामना दिएका थिए ।
दुलाहा–दुलहीसँगै राष्ट्रपति भण्डारी तथा पूर्वराजा ज्ञानेन्द्रले फोटो खिचाएका थिए । पूर्व राजा दुलाहा–दुलहीलाई शुभकामना दिएपछि अतिथिहरुका लागि छुट्याएको स्थानमा गएर बसेका थिए । उनी पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा बसिरहेकै स्थानमा गएर बसेका थिए । चिया पिउदै उनीहरुसँग केही समय कुराकानी गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र १० मिनेट जति विवाह स्थलमा बसेका थिए । शीतल निवासमा आयोजित विवाह समारोहमा पूर्व प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता सहभागि छन् ।