सलमान नै पक्का

-- / प्रकाशित मिति : बुधबार, चैत्र ३, २०७२

भारतीय टेलिभिजन च्यानल ‘कलर्स’ को लोकप्रिय रियालिटी शो हो ‘बिग बोस’ । हालसम्म बिग बोसका ९ वटा संस्करण प्रसारण भैसकेका छन् । यतिबेला बिग बोस सिजन १० को तयारी थालिएको छ । यो नयाँ संस्करणको प्रस्तोता को हुने भन्ने कुरा केही समयअघिसम्म अनिश्चित जस्तै थियो । शाहरुख खान, अक्षय कुमार अथवा अन्य कुनै लोकप्रिय सेलिब्रेटीदले यो कार्यक्रम होस्ट गर्ने चर्चा चलेको थियो । तर, ती सबै चर्चालाई गलत सावित गर्दै कलर्सले बलिउडका सुपरस्टार सलमान खान नै बिग बोस सिजन १० को पनि होस्ट हुने निश्चित गरेको छ । बिग बोसका पछिल्ला पाँच संस्करणमा प्रस्तोताका रूपमा देखिएका सलमान अहिले पनि दर्शकमाझ उत्तिकै लोकप्रिय भएको निष्कर्ष निकाल्दै कलर्सले उनलाई नै बिगबोस–१० को होस्ट गर्ने जिम्मा दिएको हो ।