निर्वाचनको प्रारम्भिक नतिजामा बाम गठबन्धन अघि

काठमाडौं– पहिलो तथा दोस्रो चरणमा सम्पन्न भएका प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रारम्भिक मत गणनाको ताजा अपडेटहरु प्रकाशित हुन थालेका छन् । देशभरीका प्रारम्भिक नतिजा अनुसार बाम गठबन्धनले लिड गरिरहेको छ ।
पछिल्लो विवरण अनुसार एमाले तथा एमाओवादीको बाम गठबन्धनले प्रतिनिधि सभा अन्तर्गत ४ सिटमा विजय हासिल गरिसकेका छन् भने २९ स्थानमा अग्रता लिएका छन् । प्रदेश सभा तर्फ ड सिटमा विजयी हासिल गरिसकेका छन् ३७ स्थानमा अग्रता लिएका छन् ।
यता काठमाडौं जिल्लाका केही निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ ।
अहिले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १, ४, ५ र ६ को मतगणना शुरु भएको छ ।
१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंको मतगणना तीन स्थानमा गरिनेछ ।
राष्ट्रिय सभागृह भृकुटीमण्डप, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सहकारी विकास विभाग नयाँबानेश्वर तथा वन परिसर बबरमहलमा मतगणना गरिने मुख्य निर्वाचन आधिकृत रमेशराज पोखरेलले जानकारी दिएका छन् ।
पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ को राष्ट्रिय सभागृहमा मतगणना हुनेछ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र नयाँ बानेश्वरमा मतगणना हुनेछ भने क्षेत्र नं ९ र १० को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतगणना हुने पोखरेलले बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...