बाम गठबन्धन दुई तिहाइ नजिक

काठमाडौं– नेकपा एमाले तथा माओवादी केन्द्र मिलेर बनेको बाम गठबन्धनले गए रातीसम्ममा हासिल गरेको नतिजाका आधारमा प्रत्यक्षतर्फ दुई तिहाइ बहुमत आउने अनुमान गर्न थालिएको छ ।
गठबन्धनले प्रदेश सभातर्फ समेत सफलता हासिल गर्दै कम्तिमा ६ वटा प्रदेशमा बहुमत ल्याउने सम्भावना देखाएको छ ।
शनिवार मध्यरातिसम्म प्रतिनिधि सभातर्फ ५४ स्थानको नतिजा सार्वजनिक भएकोमा बाम गठबन्धनले ५४ स्थानमा जित हासिल गरिसकेको छ । जस अन्तर्गत एमालेले ३१ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रका १४ उम्मेदवार विजयी भएका छन् ।
गणना भैरहेका करिव ७० स्थानमा बाम गठबन्धनले अग्रपंक्तिमा छ । ती मध्ये ४९ स्थानमा एमाले तथा २१ स्थानमा माओवादी केन्द्रका उम्मेदवार अघि छन् ।
यता, राजधानी काठमाडौंमा समेत बाम गठबन्धनले पुरानो साखलाई फिर्ता गर्न सफल भएको छ । काठमाडौंका १० मध्ये ५ स्थानमा विजयी भैसकेको एमाले मतगणना जारी रहेको क्षेत्र नम्बर ५ मा समेत अघि छ । शनिवार राती सम्ममा काठमाडौंका नौ स्थानको परिणाम सार्वजनिक भैसकेको छ ।
काठमाडौंका क्षेत्र नम्बर २,३,७,८ तथा ९ मा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले क्षेत्र नम्बर १, ४,६ तथा १० मा विजय हासिल गरेको छ । काठमाडौंको क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले साझा पार्टिका रविन्द्र मिश्रलाई थोरै मतले पराजित गरेका हुन् । क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपालले नेपाली कांग्रेसका दीपक कुइँकेललाई पराजित गर्न सफल भए । क्षेत्र नम्बर ३ मा एमालेका कृष्ण राई विजयी भए । क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भए । उनले एमालेका राजन भट्टराईलाई हराएका हुन् । क्षेत्र नम्बर ६ मा कांग्रेसका भिमसेन दास प्रधान विजयी हुँदा माओवादीका झक्कु सुवेदी निरास भए । क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानन्धर विजयी भए । क्षेत्र नम्बर ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी भए भने क्षेत्र नम्बर ९ मा एमालेकै कृष्णगोपाल श्रेष्ठ विजयी भए । क्षेत्र नम्बर १० मा भने कांग्रेसका राजन केसी विजयी भए ।
यसैबीच नेपाली काँग्रेस प्रतिनिधि सभाको निर्वाचनको परिणामपछि तेस्रो स्थानमा पुग्ने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भए पनि कांग्रेसका अधिकांश प्रभावशाली नेताहरु महेश आचार्य, शेखर कोइराला, नवीन्द्रराज जोशी, बलबहादुर केसी, मोहनबहादुर बस्नेत, उदयशमशेर राणा आदि पराजित भए ।
त्यस्तै कांग्रेसका अन्य प्रभावशाली नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधी, रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशशरण महत, पूर्णबहादुर खड्का, आरजु राणा, विश्वप्रकाश शर्मा, शंकर भण्डारी आदि पनि मतगणनाको क्रममा आफ्ना प्रतिद्वन्दि भन्दा निकै पछि परेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...