समानुपातिकको मतगणना जारी

काठमाडौं– मंसिर १० तथा २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । दुबै चरणको निर्वाचनमा कूल १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो ।
हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । प्रत्यक्षतर्फको मतगणना हिजो बुधवार नै सम्पन्न भइसकेको छ ।
प्रत्यक्षतर्फबाट कूल ९ वटा राजनीतिक दलले संसदमा प्रतिनिधित्व गर्न पाउने भएका छन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद् चयन गर्नको लागि भने दलहरुले कूल सदर मतको ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ ।
समानुपातिकमा भाग लिएका ४९ दलमध्ये हालसम्म १४ वटा राजनीतिक दलको मत एक हजारभन्दा कम छ ।
हालसम्म दलहरुलाई प्राप्त समानुपातिक मतको विवरणः
नेकपा एमाले २६,६१,८३५
नेपाली कांग्रेस २५,७५,४११
नेकपा माओवादी केन्द्र १०,६७,२०६
संघीय समाजवादी फोरम ३,६२,७६९
राष्ट्रिय जनता पार्टी ३,०६,८६५
राष्ट्रिय प्रजातन्त्र पार्टी १,७६,९२१
विवेकशील साझा पार्टी १,७५,४३७
नयाँ शक्ति पार्टी ६९,८५०
राप्रपा प्रजातान्त्रिक ६४,२५१
नेपाल मजदुर किसान पार्टी ५०,६१२
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...