आध्यात्म भन्ने कुरा धर्म र जातभन्दा माथि हुन्छ : पण्डित दीनबन्धु पोखरेल
मेलबर्नमा सम्पन्न हुने सप्ताहमा सहभागिता जनाउने कार्यक्रम कस्तो छ ?
अष्ट्रेलियामै पहिलो पटक हुन लागेको यो वृहत सप्ताहमा सहभागिता जनाउनका लागि म झन्डै दुई सातापछि मेलबर्न पुग्दैछु । त्यहाँ पुगेपछि सोझै सप्ताहमै सक्रिय हुने योजना छ ।
उक्त सप्ताह आयोजना गर्ने उद्देश्यका बारेमा केही बताइ दिनुहोस् न ?
मेलबर्नमा एउटा वृहत नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यले यो सप्ताह कार्यक्रम आयोजना गर्न लागिएको हो । मेलबर्नमा नेपाली कला, संस्कृति, धर्म, भेषभुषासहित भेला हुने आफ्नो छुट्टै केन्द्र नभएकाले एउटा सामुदायिक केन्द्र आवश्यक छ भन्ने कुरा आएकोले त्यसैको निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना लागिएको हो । नेपाली भाषा र संस्कृतिको उठानका लागि मेरो तर्फबाट पनि केही सहयोग पुगोस् भन्ने उद्देश्यले म यो वृहत अभियानको एउटा अंग बनेको हुँ । अष्ट्रेलियामा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली मनहरूलाई एकिकृत गर्ने मेरो प्रयास रहने छ ।
विदेशमा यस्ता कार्यक्रमको महत्व कस्तो पाउनु हुन्छ ?
नेपालमा भन्दा विदेशमा नै म यस्ता कार्यक्रमको महत्व देख्छु । मैले यूरोप तथा अमेरिकामा पनि यस्ता कार्यक्रम धेरै पटक गरिसकेको छु । अष्ट्रेलिया नै म तेस्रो पटक पुग्दैछु । नेपाल भन्दा बाहिर यस्ता कार्यक्रमको महत्व किन पनि अधिक हुन्छ भने नेपालमा त सबैले नेपाली भाषा बोलि नै रहनु भएको हुन्छ । नेपाली भेषभूषा नै प्रयोग गरिरहनु हुन्छ । बाहिर भने यो कुराको अभाव खड्किरहन्छ । बाहिर यस्ता कार्यक्रम आयोजना हुँदा नेपालीहरूकै सहभागिता बढि हुन्छ, मान्छेको लगाव बढि हुन्छ । मेरो देश, मेरो भाषा, मेरो धर्म, मेरो संस्कृति, मेरो पहिचान भन्ने भावना हरेक नेपालीको मनमा हुन्छ । मान्छेको सहभागिता बढि भएपछि दान दिने सहृदयी मनहरूको संख्या पनि बढि हुन्छ । मैले केही महिनाअघि अमेरिकाको न्यूयोर्क तथा बोस्टनमा यस्तै कार्यक्रम आयोजना गरेर छोटो समयमै झन्डै ४० करोड रुपैयाँ संकलन गराएको थिएँ । मेलवर्नको यो कार्यक्रमबाट पनि झन्डै १४–१५ करोड रुपैयाँ संकलन हुने अपेक्षा लिएको छु ।
यस्तो अभियानको उद्देश्य हिन्दुत्वलाई मात्र बढावा दिने हुन्छ कि ?
विशेषत हामी नेपालीको मौलिक धर्म भनेकै हिन्दु तथा बौद्ध हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा हामी यस्ता कार्यक्रममा आध्यात्मिक कुरा गर्छौं, जुन हरेक धर्मभन्दा माथि छ । कुनै पनि विचारवाद भन्दा माथि छ । आध्यात्म भनेको मानवियताको आधार हो । हाम्रो अभियानमा क्रिस्चियन धर्म मान्नेहरू पनि सहभागि हुन सक्छन्, हामी उनीहरूलाई आध्यात्मकको कुरा सुनाउँछौं । मैले कतिपय अभियानमा अंग्रेजहरूलाई समेत आध्यात्मिक विषयमा प्रशिक्षित गरेको छु । आध्यात्म हरेक जात र धर्मभन्दा माथि हुन्छ ।
मेलबर्न सप्ताह हुँदै गर्दै अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई के भन्न चाहानु हुन्छ ?
अष्ट्रेलियाकै ईतिहासमा नेपाली समुदायले आयोजना गरेको यो सबैभन्दा ठूलो अभियान हो । हामी नयाँ कामको थालनी गर्दछौं । नयाँ आयामको थालनी गर्दछौं । यस्तो खालको भव्य आयोजना यो भन्दा अघि हुन सकेको थिएन । यसलाई हामीले नमूना कार्यक्रमको रुपमा सम्पन्न गर्ने योजना बनाएका छौं । अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई म यहीँबाट के अनुरोध गर्न चाहान्छु भने हामी सबै नेपालीपनका लागि जुटौं । प्रवासमा भए पनि हामी जुट्नु हाम्रो कर्तव्य हो । यो हामी सबैका लागि खुुसीको खबर पनि हो । त्यसैले हामी सबै शहर–शहरबाट जुटौं, घर–घरबाट जुटौं । कोहि पनि नछुटौं । आफ्नो धर्म र संस्कृतिका लागि नछुटौं । भावी पिंढीका लागि नछुटौं भन्न चाहान्छु ।
(नेपाल प्रतिनिधि कृष्ण भट्टरार्इद्धारा लिइएकाे अन्तर्वाता)
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...