सिड्नीमा अविभाबकहरुको वनभोज कार्यक्रम सम्पन्न

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
एकै छिन नेपाल कै  कुनै मेला या चाड पर्बको भिड-भाडमा छौ झैँ लाग्ने गरि सिड्नीमा यस पटक पनि अविभाबकहरुको वनभोज कार्यक्रम गत १६ डिसेम्बरका दिन सम्पन्न भएको छ । आफ्ना सन्तानहरु भेट्न र सन्तानको कर्मभूमि घुमघाम गर्न नेपाल देखि अस्ट्रेलिया आएका करिब ७ सय भन्दा बढी अविभाबकहरुले सिड्नीमा सामुहिक रुपमा वनभोज तथा घुमघाम कार्यक्रम मनाएका छन् । एनआरएनए अस्ट्रेलिया, न्यू साउथ वेल्स राज्य समितीको आयोजनामा गत सालहरुका कार्यक्रमलाई निरन्तरता दिदै आयोजित अविभाबकहरुको वनभोज तथा भेटघाट कार्यक्रम यो पटक झन् ऐतिहिसिक रुपमा सम्पन्न भयो । सिड्नी देखि करीब ३ घण्टाको मोटर बाटोको दूरीमा रहेको हन्टर भ्याली सम्मको यात्रा र उक्त ठाउँको अबलोकन र आयोजित बिबिध कार्यक्रममा अभिभाबकहरुले नाच गान गर्दै कार्यक्रममा सरिक भए ।
सिड्नीका बिभिन्न ११/१२ ठाउँबाट अभिभाबकहरु लाई पिक अप गर्ने र साँझ सोहि ठाउँमा ड्रप गर्ने व्यवस्था दिन भरि बिबिध खानपिन सहितको कार्यक्रमका लागि प्रत्येक क्षेत्रमा संयोजकहरु तोकिएका थिए ।  कार्यक्रम समापन संगै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम एनएसडब्लुका संयोजक नन्द गुरुङले सामाजिक संजाल मार्फत एक बिज्ञप्ति जारि गरि सबै स्वयमसेवक, कार्यक्रमका प्रायोजक एबम कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।  अभिभाबक हरु प्रति सम्मान व्यक्त गर्दै एनआरएनए अस्ट्रेलिया, न्यू साउथ वेल्स राज्य समितीले यो कार्यक्रम सम्पन्न गर्न सकेकोमा आफुलाई निक्कै खुशी लागेको र यो सबैको सहयोग, आपसी सद्भावले मात्र संभब भएको पनि गुरुङले बताए।  कतै कुनै त्रुटी भएको भए सबैको फिडव्यक अनुसार यसलाई सुधार्दै लैजान र आगामी दिनमा अझ ब्यापक र व्यवस्थित रुपमा लैजान पनि आफुहरु सधै तयार रहेको उपाध्यक्ष गुरुङले बताए ।  कार्यक्रममा सहभागिता जनाउन एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, महासचिब नारायण कोइराला अन्य स्टेटबाट समेत सिड्नी आइपुगेका थिए भने एनआरएनएका अन्य पदाधिकारीहरु, बिबिध सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति थियो।
(Photo- Nanda Gurung)