राज्जा रानीले देश दौडाहा गर्ने

काठमाडौं– केकी अधिकारी तथा नाजिर हुसेन अभिनित चलचित्र राज्जा रानीले सोमबारदेखि देशव्यापी पब्लिसिटी अभियान थाल्ने भएको छ । पूर्वको बिराटनगरदेखि प्रारम्भ हुने अभियान दश दिनपछि पोखरा हुंदै राजधानीमा आइपुगेर टुंगिनेछ ।
क्याम्पेनबारे जानकारी दिन आयोजित समारोहमा मैथिली संस्करणको ट्रेलर एवं गीत लन्च गरियो । सामाजिक संस्था भोर नेपालले बिराटनगर, बीरगंजसहित पूर्वी तराईका सिनेमा घरमा राज्जा रानीलाई मैथिली भाषामा प्रदर्शन गर्दैछ ।
नेपाली संस्करणसहित उक्त क्षेत्रका दर्शकले पुस २१ मा फिल्म हेर्न पाउनेछन् । भोर संस्थाका संयोजक राजकुमार महतोले बाल विवाह एवं दाइजो विरुद्धको जागरणमा अभियानमा फिल्म रिलिज प्रभावकारी हुने विश्वास लिए ।
फिल्मको कथावस्तु र संस्थाको उद्देश्यमा समानता भएपछि मैथिली भाषामा फिल्म प्रदर्शन गर्न लागिएको उनले जनाए । पूर्वी तराईसहितका नेपालसाग सीमा जोडिएका भारतीय क्षेत्रमा पनि फिल्म देखाइने भएको छ ।
निर्माता रमेश एमके पौडेलले विदेशीभन्दा नेपाली फिल्मको राम्रो पक्ष बाहिर आउनु जरुरी भएको बताए । आगामी बैशाखदेखि आफू निर्मित नयाा सिनेमा छायांकनमा जाने उनले घोषणा गरे । पश्चिम तराईमा घटित घटनालाई नाटकीय रुपमा चित्रण गरिने पौडेल कथन छ ।
अभिनेत्री केकी अधिकारीले मनोरञ्जनको माध्यमबाट सन्देश दिन सके सानै भएपनि परिवर्तन आउने आशा राखिन् । अभिनेता नाजिर हुसेनले राज्जा रानीले मनोरञ्जनको माध्यमबाट सामाजिक मुद्दालाई चित्रण गर्ने बताए ।
अभियानमा खुला कन्सर्ट समेत गरिने भएको छ । कलाकार, निर्माता, निर्देशक र सांस्कृतिक टोली सहभागि छ । निर्माता पौडेलका अनुसार अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फिल्म चांडै प्रदर्शन हुनेछ ।
याम थापाद्वारा निर्देशित चलचित्रमा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ । मैथिली भर्सनको गीतलाई दीपक शर्माले कम्पोज गरेका छन् जसमा राजेन्द्र थापाको शब्द एवं नरहरि प्रेमी र अन्जु यादवको स्वर छ ।
केकीले मनाइने बर्थडे
‘एकदमै रमाइलो । मलाई जन्मदिनको एउटा कुरा रमाइलो लाग्छ, बच्चा हुन पाइन्छ’ बर्थडे केक खुवाउदै गर्दा केकी सुनिइन्, ‘बर्थडेको दिन मनको कुरालाई बाहिर निकाल्न पाइन्छ । ह्याप्पी छु ।’
केकीले राज्जा रानी टीम र मिडियासंग खुशी साटिन् । सबैलाई केक चखाउंदै उनले फिल्म हेर्न अपिल समेत गरिन् । आफ्ना लागि बर्थडे भन्दा फिल्मको क्याम्पेन महत्वपूर्ण रहेको केकी तर्क थियो ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...