मेलबर्न सप्ताहको शुभारम्भ !!!

भिक्टोरीया मेल्वर्नमा नेपालीहरुको आफ्नै सामुदायीक केन्द्र बनाउने उद्देश्यको लागि आयोजना गरिएको सप्ताह आजदेखि शुभारम्भ भएको छ । सेन्ट अल्बन्स स्थित चिन्तापुरण मन्दिर परिषरमा आज १८ डिसेम्बर देखि २४ डिसेम्बरसम्म आयोजना गरिएको उक्त सप्ताह महापुराणमा पण्डित दिनबन्धु पोखरेलबाट पुराण वाचन गरिएको छ । हरेक दिन दिउँसो ३ देखि राति ९ बजेसम्म जारी रहने यस सप्ताह आज अपरान्हमा कलश यात्रा कार्यक्रमबाट शुरुवात गरिएको थियो । कार्यक्रममा करिब दुई सयभन्दा बढी व्यक्तिहरुको उपस्थित रहेका थिए ।
पशुपतिनाथको मन्दिर र स्वयम्भूनाथको गुम्बासमेत बनाउन पुग्ने जग्गा किन्नको लागि रकम सङ्कलन गर्नु रहेको छ । सक्नेले धेरै गरौँ, नसक्नेले थोरै गरौँ तर गर्न चाँहि गरौँ भन्ने मुलनारा रहेको यस सप्ताह
एएनएमसीद्वारा आयोजित यस सप्ताह गर्नुको प्रमुख उद्देश्य भनेको सामुदायिक भवन निर्माण गर्न र त्यही भवनको परिषरमा पशुपतिनाथको मन्दिर र स्वयम्भूनाथको गुम्बासमेत बनाउन पुग्ने जग्गा किन्नको लागि रकम सङ्कलन गर्नु रहेको छ । सक्नेले धेरै गरौँ, नसक्नेले थोरै गरौँ तर गर्न चाँहि गरौँ भन्ने मुलनारा रहेको यस सप्ताहको आज शुभारम्भको दिन भिक्टोरीयाकालागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसीका पूर्व अध्यक्ष शेष घले लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
सप्ताहको औपचारिक कार्यक्रमको शुभारम्भ एनआरएनए आईसीसीका पूर्व अध्यक्ष शेष घलेले पानसमा बत्ती बालेर गरेका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै उनले यो पवित्र कार्यलाई सबैजना मिलेर सहयोग गरौँ र हामीले बषौँदेखि देखेको नेपालीहरुको साझा घरको अवधारणालाई अब छिट्टै यथार्थमा रुपान्तरण गरौँ भनी सबैलाई आह्वान गरेका थिए ।
यस सप्ताहमा सके साँतै दिन नसके एकदिन भएपनि उपस्थित भएर सफल बनाइदिनुहुन आह्वान गरेका थिए ।
त्यसैगरी भिक्टोरीयाकालागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले सप्ताह महापुराणको ब्यानर औपचारिकरुपमा प्रदर्शन गर्दै कार्यक्रमको उद्धघाटन गरेका थिए । उद्धघाटनपछि कार्यक्रममा बोल्दै योन्जनले नेपाली सामुदायिक भवन सबैको साझा फूलबारी बनोस् र आस्थाको केन्द्रबिन्दु रहोस् भनेका थिए । यो भवन एकजनाको मात्रै नामले कहलिनुभन्दा लाखौँ हामी नेपालीहरुको भनेर कहलियोस् र आफ्नो गच्छेअनुसारको केही न केही योगदान गरौँ भनेर आह्वान गरेका थिए ।
एएनएमसी तथा यस सप्ताह कमिटिका अध्यक्ष डा चन्द्रदिपक पोख्रेलले कार्यक्रममा स्वागत मन्तव्य दिदैँ वषौँदेखि देखेको एउटा प्रोजेक्ट बल्ल सफल हुन लागेको महसुस गरेको बताएका थिए । यस सप्ताह मुल कमिटिलाई विशेष धन्यवाद दिदैँ उपस्थित सम्पूर्ण भक्तजनहरुलाई यस सप्ताहमा सके साँतै दिन नसके एकदिन भएपनि उपस्थित भएर सफल बनाइदिनुहुन आह्वान गरेका थिए ।
त्यसैगरी कार्यक्रममा एएनएमसीका पूर्वअध्यक्ष रन्जन वैध तथा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोटानेले पनि उपस्थित सम्पूर्णलाई कार्यक्रममा स्वागत गरेका थिए । एकएक दानको पारदर्शिता हुने र हरेक सहयोग सामुदायिक भवनको निम्ति खर्चने कुरा पनि कार्यक्रममा बोल्दै एनएमसीका कोषाध्यक्ष राजेश आचार्यले बताएका थिए ।
कार्यक्रमलाई समापन गर्दै एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरीयाका संयोजक केशव कडेँलले स्वयंमसेवक, मिडियाकर्मी, सप्ताह कमिटि , सम्पूर्ण उपस्थित भक्तजन, गुरु दिन्बन्धु पोख्रेल, इन्टरस्टेटबाट आउनुभएका सम्पूर्ण व्यक्तिविशेषहरु ल्गायत यस सप्ताहलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण व्यक्तिहरुलाई विशेष धन्यवाद दिदैँ कार्यक्रमको समापन गरिएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...