एन्टाको अध्यक्षमा अरूण कुमार ठाकुर निर्वाचित

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपालको दक्षिणी भू-भाग तराईमा स्थाई बसोबास भएका र हाल अध्यान, पेशा एबम ब्यबसाय सहित अष्ट्रेलियामा रहेकाे नेपालीहरुको साझा संस्था ” एशोसियशन अफ नेपलीज तराईयन ईन अष्ट्रेलिया”  (एन्टा) काे  सिड्नी ग्रयान्भिलमा हालै सम्पन्न अधिवेशनले अरुण कुमार ठाकुरलाई आगामी दुइ बर्षे कार्यकालका लागि सर्बसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको छ  । अध्यक्ष पदका लागि अर्का प्रत्यासि वरुण लाल कर्णले संस्थाको सर्बोपरि हित र आपसी सदभाब राख्दै अाफ्नाे उम्मेदवारी फिर्ता लिएपछि ठाकुर सर्वसम्मतिले अध्यक्ष पदमा निर्वाचित भएका थिए  । यसै गरि संस्थाको उपाध्यक्षमा  युवा व्यवसायी रंजित कुमार साह सर्बसम्मत चुनिएका छन् भने  सचिवमा तुलसी साह,  काेषाध्यक्षमा सनत गुप्ता र सह-काेषाध्यक्षमा राम प्रवल चाैधरी चुनिएका छन् ।
यसै गरि अधिबेसनले कार्यक्रम संयाेजकमा  प्रभाकर साह र सह-संयाेजकमा संताेष गुप्ता सर्वसम्मतिले चुनेको छ ।  संस्थाका नब निर्बाचित कार्यसमिति सदस्यहरूमा राेशन गुप्ता, अभिषेक  कुमार झा, जुमादिन हवारी, अशाेक यादव, अन्जु साह, विभा मिश्रा, संगिता साह, परमानन्द साह र सन्दिप राैनियार छन् ।
अधिवेशन समापन संगै  नवनिर्वाचित अध्यक्ष ठाकुरले “युवा जाेश र अनुभवि पदाधिकारीहरुकाे मिश्रणले एन्टालाई नयाँ गति प्रदान गर्ने र एन्टा गठनकाे उद्देश्यमा पूरा गर्न याे कार्यकाल महत्वपूर्ण हुने बताए । अधिवेशनमा निवर्तमान अध्यक्ष सुभान्स साहले अाफ्नाे कार्यकालमा एन्टाले एउटा अस्ट्रेलियाको नेपाली समुदायमा पहिचान बनाएकाे बताउदै नयाँ कार्यसमितिले एन्टा मार्फत तराईबासीहरुकाे सामाजिक, संस्कृतिक, शैक्षिक र अार्थिक विकासमा मद्दत पुर्याउने अाशा व्यक्त गरे ।