म्यादी प्रहरी आन्दोलित

काठमाडौं– म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
सदरमुकाम चरिकोटमा हिजो सोमबारदेखि आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएको म्यादी प्रहरी राजन बस्नेतले बताए । अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ । घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।
खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक रु ६० काटे पनि जिप्रकाले म्यादीबाट भने रु ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताइन् । महिला म्यादीमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुले गरेका छन् ।
जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् । हाल जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता चलिरहेको छ ।
यद्धपि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...