नेपाली सामूदायिक केन्द्र बनाउन चन्द्र योञ्जनबाट एक लाख डलर सहयोग गर्ने घोषणा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
मेलबर्नमा नेपाली सामुदायिक केन्द्र बनाउनका लागि सम्पूर्ण मेलबर्नबासि दाजु-भाई दिदि-बैनीहरु मेलबर्न सप्ताहको लागि जुट्दै गर्दै भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले सामुदायिक केन्द्रका लागि  एक लाख डलर सहयोग गर्ने घोषणा गर्नु भएको छ। यसअघि योञ्जनले प्रतिबद्दता गर्नु भएको ५० हजार डलरलाई बढाएर एक लाख डलर सहयोग गर्ने घोषणा  गर्नुभएको हो  । सामूदायिक केन्द्र बनाउनका लागि मेलबर्नमा आयोजना गरिएको सप्ताहको तेश्रो दिन उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
सप्ताहमा गएको ३ दिनमा  २ लाख भन्दा बढि सहयोग रकमको प्रतिबद्दता आइसकेको र अबको चार दिनमा यस्तै धेरै मनकारी र परोपकारी हरुको सहयोग अनि सदभाबले मेलबर्नबासि नेपालीको सपना साकार हुनेमा सप्ताह आयोजक अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टर  मेलबर्नले बिश्वास लिएको आयोजक समितिका डा चन्द्र दीपक पोखरेलले बताए।