मेल्वर्न सप्ताहकाे आज चौथो दिन :आजीवन सदस्य बन्नेहरुको भीड

सप्ताहमा दिनमा नै २०/३० देखि एकैचोटि ६० जना आजीवन सदस्य पनि बनेका छन् ।
-- निरु त्रिपाठी, नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, पुस ६, २०७४

सेन्ट अल्बन्सस्थित चिन्तापुरण परिषरमा  ‘अष्ट्रेलियन नेप्लिज कम्यूनिटि सेन्टर ‘ निर्माण गर्नको निम्ति आयोजना गरिएर्को मेल्वर्न सप्ताह’को आज चौथो दिन चलिरहेको छ । एएनएमसीको आयोजनामा भइरहेको यस सप्ताहमा भक्तजनहरु लगायत दान गर्ने मानिसहरुको भीड दिनदिनै बढिरहेको पनि छ । अहिलेसम्मको आधिकारीक विवरण अनुसारको पहिलोदिन ७८,९२२ डलर, दोश्रो दिन ६७,०६५ र तेश्रो दिन १३२,७०४ गरेर सप्ताहमा जम्मा २,७८,६९१ डलर उठेको छ भने सप्ताहमा दिनमा नै २०, ३० देखि एकैचोटि ६० जना आजीवन सदस्य पनि बनेका छन् । सक्नेले धेरै गरौँ, नसक्नेले थोरै गरौँ, गर्न चाँहि सबैले गरौँ भन्ने नाराको साथ भव्य बनिरहेको यस सप्ताहमा आजीवन सदस्य बन्नको लागि नै भिक्टोरीया राज्यबाट मात्र नभई अन्य स्टेटका मानिसहरुपनि इच्छुक देखिएको कुरा नेपाली टाइम्स् मेल्वर्नसँग मेल्वर्न सप्ताह’का महासचिव केशव कडेँलले बताएका छन् । नेपालीहरुको साझा घर बनाउन यस कार्यलाई मूर्तगति दिन सबैजनाको सहयोगको खाँचो रहेको र यस पुण्य कार्यमा कोही पनि नछुटौँ भनी कडेँलले आह्वान गरेका छन् । त्यसैगरी नेपाली टाइम्स् मेल्वर्नसँग कुरा गर्दै सप्ताहको प्रवक्ता सुनिल भण्डारीले जुन लक्ष्यमा हामी हिडिरहेका छौ त्यसकोलागि अहिले उठिरहेको रकम प्रयाप्त नरहेको र यो लक्ष्यलाई सफल पार्न अझबढी सहयोगी हातहरु चाहिएको बताएका छन् । उनी थप्दै भन्छन् “कुनै पनि डोनेसन सानो हुँदैन । चाहे त्यो एक डलर नै किन नहोस् त्यसैले पनि सबैजनालाई आफूले सक्ने सहयोग गर्न अनुरोध गर्दछु । जो आजीवन सदस्यहरु बनिसक्नुभएको छ उहाँहरुले अरुलाई पनि आजिवन सदस्य बन्न प्रेरित गर्नुहुनेछ र हामी सबैले देखेको सपनालाई पुरा गर्न सहयोग गर्नुहुनेछ ।” पहिलो दिन लगभग हजार जनाको उपस्थिती, दोश्रो दिन ३०० जना र तेश्रो दिन ४०० जनाको उपस्थिती रहेको सप्ताहमा डोनेसन बक्समा पनि दिनमा सातसय भन्दा बढी उठिरहेको छ । स्मरण रहोस्, एएनएमसीको आजिव सदस्य दुई प्रकारको रहेको छ परिवार र एकल । परिवार अर्थात् श्रीमान् श्रीमतीको लागि १,५०० सय डलर तोकिएको छ भने , एकल अर्थात् एकजनाको लागि मात्रै १,००० डलर रहेको छ ।