अभिभावकहरु ले धमाधम छोराछोरीलाई एएनमसीको आजीवन सदस्य बनाउँदै 

-- नेपाली टाईम्स मेल्वर्न ?>
सेन्ट अल्बन्सस्थित चिन्तापुरण परिषरमा  ‘अष्ट्रेलियन नेप्लिज कम्युनिटी सेन्टर ‘ निर्माण गर्नको निम्ति आयोजना गरिएर्को मेल्वर्न सप्ताह’को आज पाँचौ दिन चलिरहेको छ।  एएनएमसीको आयोजनामा भइरहेको यस सप्ताहमा भक्तजनहरु लगायत दान गर्ने मानिसहरु को भीड दिनदिनै बढिरहेको पनि छ।  मेल्वर्न सप्ताह दिनदिनै रोचक बन्दै पनि गइरहेको छ।
सप्ताहमा अहिलेसम्म छोराछोरीहरु ले बाआमाको नाममा दान दिइरहेको उदाहरण रहेको थियो भने हिजोबाट एउटा नौलो तर अत्यन्त सराहानिय कामको शरुवात अभिभावकहरुबाट भएको छ।  त्यो शरुवात हो अभिभावकहरु ले आफ्नो छोराछोरीको नाममा दान गर्ने। त्यो दान भनेको छोराछोरीलाई एएनमसीको आजीवन सदस्य बनाउने।  उनीहरु अहिलेनै दर्ताको सुचिमा रहने र १८ वर्ष कटेपछि स्वतः आजीवन सदस्यको रुपमा स्थापित हुने रहेको छ  र यो कार्य हिजोदेखि थालनी भएको छ।  यो कार्यको अभिभावकको सुचिमा पहिलो र दोश्रो उदाहरण बन्न सफलहुनु भएको छ मेल्वर्नबासी सुनिल भण्डारी र नारायण काफ्लेको दम्पती।
नेपाली टाईम्स् मेल्वर्नसँग कुरा गर्दै सुनिल भण्डारीले आफ्नो छोरा सृजन भण्डारी आफु सँगै ४ दिन देखि  सप्ताहमा स्वयंमसेवकको रुपमा खटिरहेको र आउँदो दिनमा पनि उ सहयोग गर्न उत्साहि देखेकोमा उसको सकारात्मक विचारलाई कदर गर्दै हजार डलरको एएनएमसीको सदस्य पुरस्कार दिइएको हो । त्यसैगरी नारायण काफ्लेको दम्पतीले पनि छोरी अनुष्का काफ्लेलाई बाह्र पास गरेको उपलक्ष्यमा हजार डलर बराबरको आइप्याड उपहार दिने वाचा गरेको तर छोरीको संलग्नता सप्ताहमा देखिरहँदा बरु आजीवन सदस्यको उपहार दिने भनी हिजो घोषणा गरेका थिए ।  छोराछोरीहरु  यस उपहार पाएर एकदमै खुसी रहेको उहाँहरु को धारणा रहेको छ।
मेल्वर्न सप्ताहकोे सचीव मनोज घिमिरेले उहाँहरु ले यो एकदमै राम्रो काम गर्नु भएको र समुदायमा अन्य अभिभावकहरु ले पनि यस्तो कार्यको थालनी गर्नु हुन् आग्रह गर्नु भएको छ।