नेपाली सामूदायिक केन्द्र बनाउन शेष घले दम्पतिबाट दुर्इ लाख आठ सय अठासी डलर सहयोग गर्ने घोषणा

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस ९, २०७४
मेलबर्नमा नेपाली सामुदायिक केन्द्र बनाउनका लागि संचालित सप्ताहाको समापन हुदै लाग्दा शेष घले दम्पतिबाट दुर्इ लाख आठ सय अठासी डलर सहयोग गर्ने घोषणा गर्ने प्रतिबद्दता आएको छ। मेलबर्न निबासी ब्यबसायी एबं एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको नाम नै अस्ट्रेलियाका लागि मात्र होइन संसार भरका नेपालीहरु का लागि काफि छ ।  अस्ट्रेलियाको धनाढ्य सुचीमा आफुलाई सुचिकृत गर्न सक्षम घले दम्पतिले नेपालमा २ बर्ष अगाडी गएको माहाभुकम्प र त्यस पछाडीका बिभिन्न प्राकृतिक प्रकोपमा उनीहरुले तन, मन, धनले गरेका सहयोगले सबैको मन मस्तिष्कमा धनका मात्र होइन मनका पनि धनिको परिचय बनाई सकेका छन् ।  यसै संगै आफ्नो कर्मभुमिको शहरमा बन्न लागेको नेपाली सामूदायिक केन्द्रको लागि मन फुकाएर यो माहाअभियानमा सबैको लागि पेरणा सहित उर्जा थपेका छन् ।

सहयोगको प्रतिबद्दता व्यक्त गर्दै घलेले आफ्नो यो सहयोग ७ दिन सम्म यो महाभियानमा दिन रात खट्दै हामी सबैको परिचय सहित बन्ने केन्द्रको लागि कटिबद्द सबैका लागि सांकेतिक सहयोग भएको विचार व्यक्त गरे। आफुलाई सप्ताहमा सातै दिन उपस्थिति हुन मन लाग्दा लाग्दै पनि कार्य व्यस्तताले तिन दिन मात्र उपस्थित हुन सकेको बताउदै घलेले यति धेरै संख्यामा अजीबन सदस्य लिएर एक्यबद्दता जनाउने हामी सबै एकै परिवारको भएको र सोहि परिवारमा आफु पनि मिसिनी पाउँदा आफुलाई निक्कै खुशी लागेको बताए।
समापनको क्रममा रहेको सप्ताहामा पछिल्लो समय सम्म पनि आजिबन सदस्य बन्ने क्रम जारि नै रहेको, सबै निक्कै उत्साहित बनेको र  छिट्टै सम्पूर्ण सहयोगको बिबरण र आजीवन सदस्यको नामावली प्रकाशित गरिने पनि मेलबर्न सप्ताहा स्थल बाट केशब कडेलले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए।