पश्चिम नेपालमा शीतलहरले जनजीवन कष्टकर

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– बढ्दो चीसोसँगै प्रारम्भ भएको शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
पछिल्लो तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम मधुरो लाग्ने गरेको छ ।
चिसोसँगै चल्ने सिरोटोले पनि त्यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ ।

अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ ।

चिसो अध्यधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा दाउरा बालेर दिनभरि तापीबस्ने गरेका छन् । नेपालगञ्ज नगरपालिकाले आगो ताप्ने दाउरा उपलब्ध नगराएका कारण स्थानीय आक्रोसित भएका छन् ।