भिन्न सांगेतिक माहोल बिच राज सिग्देल गजल साँझ सम्पन्न 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपाली गजल गायनलाई फरक धारले स्थापित गर्दै आफ्नो जादुमय अवाजले धेरै श्रोतालाई मन्त्र मुग्ध बनाइसकेका राज सिग्देलले गत डिसेम्बर २३ को साँझ सिड्नीबासी संगीत प्रेमीहरु को साँझ पनि संगीतमय बनाए । We Educate (WE) टिमको आह्वानमा वि टिमले हालै नेपालका असहाय र जेहन्दार बिधार्थीहरु का लागि शैक्षिक क्षेत्रमा गरेको कामलाई सहयोग पुराउने उदेश्यले सम्पन्न उक्त कार्यक्रममा राज सिग्देलले आफ्नो चर्चित गीत ‘उ जितेर गई या हरेर गई’, ‘च्वास्स बिझ्ने तिम्रो माया’ लगायतका एक दर्जन गीत प्रतक्ष्य बाध्यबादन सहित गाएका थिए । सिग्देललाई सिड्नी स्थिति गायिका सुजाता उपाध्याय र गयाक ईश्वर पोख्रेलले साथ दिएका थिए।
यसका साथै कार्यक्रममा स्थानीय प्रतिभा र वि टिमका स्वयम सेवकहरु बाट नृत्य प्रस्तुत गरिएको थियो । त्यसै गरि सिड्नीक गजलकारहरु बाट गजल बचन कार्यक्रमको अर्को आकर्षण रहेको थियो । संचारकर्मी राम न्यौपाने र श्रेया राईको उद्घोषण सहितको उक्त कार्यक्रमलाई मल्टि डायनामिक रियल स्टेटले टाइटल स्पोन्सर गरेको थियो भने सिड्नीका धेरै ब्यापारिक संघ संस्थाले स्पोन्सर गरेका थिए।
कार्यक्रम समाप्ति संगै वि टिमको तर्फबाट प्रकाश लामिछानेले एक बिज्ञप्ति जारि गर्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण ब्यबसायीहरु, स्वयंसेवकहरु, मिडियाकर्मीहरु र दर्शक सबैलाई संस्थाको तर्फबाट धन्यबाद व्यक्त गर्दै कार्यक्रमबाट उठेको रकम खर्च कटाएर वि टिमको खातामा जम्मा हुने बताए । सिड्नीको कार्यक्रम लगतै राज सिग्देलले क्यन्बेरा, एडेलेड, मेलबर्नमा आफ्ना प्रस्तुतिहरु दिनेछन्।