सिड्नीमा तमु ल्होछार मनाइदै  

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस १९, २०७४
सन १९९६ मा स्थापना भइ नेपाल र नेपालिको हित साथै गुरुङ्हरुको परम्परा र संस्कृतिको जगेर्ना गर्दै आइरहेको संस्था तमु समाज अष्ट्रेलियाले बिगतका बर्षहरुमा झैं यस बर्षपनि ल्होछार मनाउदै छ । आउँदो जनवरी ६ तारिखका दिन सिड्नी हर्सभिल मरना हलमा सांझ  ५ बजेबाट ११ बजेसम्म हुने कार्यक्रममा सांगेतिक प्रस्तुतीका लागि नेपालबाट कलाकार मनाेज गुरुङ सिड्नी आउन लागेको पनि तमु समाजका अध्यक्ष टंक गुरुङले जानकारी गराउनु भएको छ।
। बौद्ध पुजा बाट सुरु हुने उक्त कार्यक्रममा स्थानिय कलाकारको प्रस्तुति, मौलिक र परम्परागत खानाका परिकार्, नृत्त्य,डिजे लगायतको ब्यबस्था गरिएको पनि उहाले बताउनु भयो । कार्यक्रमको टिकट दर ३५ डलर र प्रि सेल ३० डलर राखिएको छ । गुरुङहरुको नयाँ बर्षको रुपमा मनाइने ल्होछार मनाउने गरिन्छ जहां “ल्हो” को अर्थ नया र “छार”को अर्थ बर्ष हो । ल्होछारमा बाँदर, सर्प, कुकुर्, घोडा, गिद्द्, बिरालो, मुसा, गाइ, भेडा, मृग्, बाघ्, चरा सहित १२ पशुपंक्षिहरुलाई हरेक बर्ष छुट्टाछुटै पुजा गर्ने गरिन्छ ।कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा, एनएसडब्लुका महाबाणिज्य दुत दिपक खड्का, स्थानिय सांसद तथा विभिन्न सघसंस्थाका प्रतिनिधी सहभागी हुने समाजले जनाएको छ। कार्यक्रमको थप जानकारी र टिकटको लागी  तमु समाजका सदस्यहरु लाई सम्पर्क गर्न सकिनेछ।