गुल्मी समाज अष्ट्रेलियाको सूचना र  सहभागिताको लागि निमन्त्रणा 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस १९, २०७४
नेपालको गुल्मी जिल्लाबाट अस्ट्रेलिया आई बिभिन्न पेशा ब्यब्सया र अध्यानमा रहेका गुल्मेलीहरु बीच आपसी चिनजान र भाइचारा कायम गर्ने उदेश्य ले स्थापित गुल्मी समाज अष्ट्रेलिया को आउदो २७ जनवरीको दिन बार्षिक साधारण सभा हुदैछ।  डिनर सहितको उक्त बार्षिक साधारण सभामा उपस्थिति को लागि संस्था ले अष्ट्रेलियामा रहेका सबै गुल्मेली दाजु भाई दिदि बैनी हरुलाई अनुरोध सहित निमन्त्रणा गरेको छ।
बार्षिक साधारण सभाले आगामी २ बर्षको लागि नया कार्यसमिति र नया कार्ययोजना हरु तय गर्ने का साथै बिगतमा गरिएका बिबिध परोपकारी कार्य हरुको समिक्षा पनि गर्नेछ।  डिनर शुल्क प्रति व्यक्ति २५ डलर परिबारका लागि १०० डलर र ८ बर्ष मुनिका बाबु नानीका लागि निशुल्ल्क रहेको जनाइएको छ।  Everest Function Centre, 422 Princess Hwy, Rockdale, 2216. मा २७ जनवरी २०१८ साँझ ६ बजे बाट हुन गैरहेको उक्त कार्यक्रम सम्बन्धि थप जानकारीका लागि  भिम: 0420652999, श्याम : 0412044669, भिष्म: 0432277072, कमला: 0403490657 वा बिष्णु 0451130723 लाई सम्पर्क गर्न हार्दिक अनुरोध गरिएको छ