एकएक डलरको सहयोग मानिसहरुको माया र आर्शिर्वादको रुपमा लिएकी छु – अन्सुना महर्जन

स्वाथ्य जांचमा उनको धड्कनमा समस्या देखियो र मुटुमा प्वाल परेको पुष्टी भयो । डाक्टरले उनको मुटुको जति सक्दो छिटो शल्यक्रिया गर्नुपर्ने र उक्त शल्यक्रियाको लागि ४० हजार अष्ट्रेलियन डलर खर्च लाग्ने बताएका छन् ।
अन्सुनाले नेपाली टाइम्स् मेल्वर्नलाई बताएको अनुसार, उनले नेपालको डाक्टरसँग पनि सम्पर्कमा रहिरहेकी छिन् । नेपालमा शल्यक्रिया गर्दा यहाँ जति महँगो त नपर्ला तर पनि नेपाल फर्केर उपचार गर्ने अथवा यही शल्यक्रिया गर्ने दुवै विकल्पको लागि अहिले उनीसंग त्यतिधेरै पैसा पनि छैन । स्वास्थ्य तथा भिसाम्यादले गर्दा उनले काम पनि गर्न पाएकी छैनन् । परिवारको आर्थिक स्थितिपनि त्यतिधेरै बलियो नभएका कारण यदि नेपाली समुदाय र अन्य संघसंस्थाहरुले सहयोग गरिदिदाँ परिवारलाई अलिकति भएपनि आर्थिक भार कम हुने उनको मान्यता रहेको छ ।
मलाई सहयोग गर्नेहरुप्रति मेरो एकदमै श्रद्धा रहेको छ, मैले पछि पैसा नै दिएर यो सहयोगको ऋणबाट मुक्त त हुन सक्दिन होला तर पनि अन्य तरिकाले सन्चो भएपछि म आफूलाई समाजप्रति समर्पित गर्न चाहन्छु र केही असल काम गरेर धन्यवाद पनि दिन चाहन्छु ।
हजुरआमाले कहिलेकाँहि खर्च गर्न पैसा दिदाँपनि १, १ रुपैयाँ बचत गरेर राखेको हजुआमाको पैसा हजुरआमालाई नै चाँहिन्छ भनेर कहिले पैसा नलिने अन्सुनाले आफ्नो लागि सकेसम्म कसैको पनि पैसा लिन नपरोस् र अब चाँडै आमाबुबालाई पनि अष्ट्रेलिया पठाउन लागेको ऋण चुक्ता गर्छु र पछि पनि आफूले सक्दो अर्थिक सहयोग पनि गर्नेछु भन्ने उनको सोच थियो । तर एक्कासी यस्तो वज्रपात परिदिँदा सुरुमा उनलाई के गर्ने कसो गर्ने केही थाहा भएन । मिडियामा आएर, समुदायमा र अरुसँग आफ्नो
स्वाथ्यकालागि हात फैलाउन पनि उनलाई असजिलो महसुस भयो । नेपाली समुदायका मानिसहरु र संघसंस्थाले म जस्तो विरामीहरुलाई कति सहयोग गरिरहेको छ र त्यसमाथि अब म पनि फेरि बोझ हुने भए भनेर उनी चुप लागेर नै बसिरहेकी थिइन् । तर उनका साथीहरु तथा समुदायका केही व्यक्तिहरुले त्यसरी नसोच्नको लागि आग्रह गरेपछि र यसरी दुःख पर्दा सहयोग गर्नु समाजमा बसेका र समाजमा खोलिएका विभिन्न संघसंस्थाहरुको दायित्वभित्र पर्दछ भनेपछि उनी मिडियामा आउन चाहिन् र गो फन्डमार्फत् आर्थिक सहयोगको लागि अपिल गरिन् ।उनलाई सहयोग गर्नेहरुप्रति उनी आभारी छिन् । अहिले उनले एकएक डलरको सहयोग मानिसहरुको माया र आर्शिर्वादको रुपमा लिएकी छिन् । नेपाली टाइम्स् मेल्वर्नसँग कुरा गर्दै उनी भन्छिन्र्र्, मलाई सहयोग गर्नेहरुप्रति मेरो एकदमै श्रद्धा रहेको छ, मैले पछि पैसा नै दिएर यो सहयोगको ऋणबाट मुक्त त हुन सक्दिन होला तर पनि अन्य तरिकाले सन्चो भएपछि म आफूलाई समाजप्रति समर्पित गर्न चाहन्छु र केही असल काम गरेर धन्यवाद पनि दिन चाहन्छु ।’’
अन्सुनालाई बचाउनको लागि नेपाली वाणिज्यदूत कार्यलय भिक्टोरीया, गुठी अष्ट्रेलिया, एनआरएनए अष्ट्रेलिया, नेप्लीज् एसोसिएसन अफ भिक्टोरीया, अन्य विभिन्न संघसंस्थाहरुले अर्थिकदेखि लिएर खन्य विभिन्न सहयोग अभियान चलाइएको छ । उक्त अभियानबाट २० हजार डलर संकलन गर्ने लक्ष्य लिइएतापनि अहिलेसम्म ४ हजार जति डलर मात्र संकलन भएको छ। उनलाई धेरै भन्दा धेरै जनाको सहयोगको खाँचो छ ।
अन्सुनालाई सहयोग गर्न चाहनेहरुले https://www.gofundme.com/donation-for-heart-surgeryanshuna मा गएर सहयोग गर्न सक्नुहुने छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



