रोयल राइनो क्रिक्रेट क्लबको प्रेस मिट सम्पन्न

रोयल राइनोको क्रिक्रेट क्लबको प्रेस मिट रोयल राइनोको क्रिक्रेट क्लबले यही डिसेम्बर ६ तारिखमा डेब्ने पार्क स्थित क्लबको जानकारीको उद्देश्य सहित प्रेस मिट गरेको छ । क्लबको अध्यक्ष, स्पोन्सर तथा खेलाडीहरुको साथमा सम्पन्न प्रेस मिटमा क्लबको भावी योजनाहरुको विवरण पनि पेश गरिएको थियो । नेपालय क्रिक्रेट क्लबबाट रोयल राइनो क्रिक्रेट क्लब बनेको यस क्रिक्रेट टिमले ग्रेट क्रिक्रेट सुपर ६ जिलोङ्क तथा गोर्खाली कप जस्तो ठूलो क्रिक्रेट कप पनि जितिसकेको छ भने अगामि हप्तादेखि मेल्वर्ननमा फेरि ग्रेट क्रिक्रेट खेल्दैछन् । प्रेस मिटमा बोल्दै क्लबका अध्यक्ष विजय रत्न बुद्धचार्यले ग्रेट क्रिक्रेट खेल्नको लागि नै नेपालयबाट रोयल राइनो क्रिक्रेट क्लब राखिएको बताएका छन् । क्लबमा जतिपनि खेलाडिहरु छन् उनीहरुलाई अरु क्लबबाट नलाइकन समाजिक सन्जालमा खुल्ला विज्ञापन दिएर ल्याइएको अध्यक्षको दाबि रहेको छ । निरज श्रेष्ठको क्याप्टेनशीपमा ग्रेट क्रिक्रेटदेखि , गोर्खाली कप जितेको बताउँदै उनले आफ्नो क्लबको अरु खेलाडीप्रतिको पनि उत्तिक्कै मेहनत र लगनशीलताप्रति गर्व रहेको उनले बताए । क्लबको भावी योजना बताउँदै बुद्धचार्यले अब चाँडैनै महिला क्रिक्रेट टिमको पनि परिचय गराउने र बालबालीकाको पनि क्रिक्रेट टिम बनाउने तयारीमा रहेको बताएका छन् । क्रिक्रेट टिमको क्याप्टेन निरज श्रेष्ठ प्रेस मिटमा बोल्दै क्लबको अध्यक्ष, स्पोन्सर तथा सबै खेलाडीहरुको साथ, सहयोग, हौसला र सकारात्मक सोचले पनि टिम बलियो रहेको र आफूले टिम गुमिङ्ग गर्न सजिलो भएको बताएका छन् । क्लबप्रति आफू दत्तचित्त भएर लाग्ने र आफ्नो लिडरशिपमा क्लबलाई नेपाली समुदायमा मात्रै नभई अष्ट्रेलियाको क्रिक्रेट क्लबहरुसँग पनि एउटा उत्कृष्ट नेपाली क्रिक्रेट क्लबको रुपमा परिचय दिने उनले बताएका छन् । प्रेस मिटमा क्लबको जर्सी प्रदर्शन गर्दै सबै खेलाडिहरुलाई जर्सी हस्तान्तरण पनि गरिएको थियो । रोयल राइनो क्रिक्रेट क्लबलाई बीएमडब्लू एजुकेसनल कन्सल्टेन्सि तथा एभरेष्ट प्रोपर्टी एण्ड फाइनान्सले स्पोन्सर गरेको छ । बीएमडब्लू एजुकेसनल कन्सल्टेन्सिबाट निर्देशक विष्णु सापकोटा तथा सरोज खनाल र एभरेष्ट प्रोपर्टी एण्ड फाइनान्सकोतर्फबाट कम्पनि प्रबन्ध निर्देशक राजेश कडेँल उपस्थित रहेका थिए । प्रेस मिटमा बोल्दै दुबै स्पोन्सहरुले क्लबलाई शुभकामना दिएका थिए भने क्लबलाई लामो समयसम्म सहयोग गर्न तयार पनि रहेको बताएका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...