अदालतको अवहेलना नगरेको डा.केसीको बयान

काठमाडौं– सर्वोच्च अदालतले आफ्नो अवहेलना भएको मुद्दामा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग मंगलबार बयान लिएको छ । सर्वोच्च अदालतमा बयान दिने क्रममा डा.केसीले सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिलाई अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरेका छन् ।
डा।केसीले न्यायालयको अपमान र मानहानी गर्नै कुनै उद्देश्य नभएको, यद्यपि गलत क्रियाकलापको विरुद्ध भने आफू लडिरहने बयानमा उल्लेख गरेका छन् ।
डा.केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीशबाटै भएको बयान दिएको अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिएका छन् । बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ भैरहेको छ । डा.केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी तथा लेखनाथ न्यौपानेले बहस गर्दैछन् ।
डा.केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा. डा. शशि शर्मालाई पुनःर्बहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन थालेका थिए । उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...