डार्विनमा ल्होसारको रौनक

एनएएनटी र गुरुङ्ग कम्युनिटी डार्विनको संयुक्त आयोजनामा गुरुङ्ग समुदायको महान पर्व तमु ल्होसार २०१७ डार्विनको Harmony Hall Malak मा विभिन्न सांगितिक कार्यक्रमहरुका साथ यही डिसेम्बर ३० तारिखका दिन हर्षोल्लासपूर्ण रुपमा सम्पन्न भयो ।
डार्विन गुरुङ्ग समुदाय लगायत नेपाली समुदायको भब्य सहभागिता रहेको उक्त कार्यक्रमको संयुक्त रुपमा पानसमा बत्ति बालेर गुरुङ्ग समाजकाी अग्रज आमा सीतादेवी गुरुङ्ग, NRNA-NT का को–ओडिनेटर हरि रिजाल तथा NANT का प्रिसिडेन्ट सुदिप श्रेष्ठले गर्नु भएको थियो । विशेषतः संसारभरी रहेका गुरुङ्ग समुदायले मनाउने यो पर्वमा यस वर्ष पनि गुरुङ्ग पात्रो अनुसार चरा वर्षलाई विदाइ गरी कुकुर वर्षलाई स्वागत गर्ने परम्परा रहेको छ ।
सोही अवसरमा त्यसैको सम्झना स्वरुप कुकुर वर्ग परेका उपस्थितहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । उत्साहपूर्वक कार्यक्रममा उपस्थित भएका सम्पूर्णलार्ई NANT का अध्यक्ष सुदिप श्रेष्ठ र NRNA-NT का संयोजक हरि रिजालले शुभकामना दिनुभएको थियो । परम्परागत गुरुङ्ग सांस्कृति भेषभुषामा सजिएर आउनुभएका दिदी बहिनी दाजुभाइहरुको दृष्यले कार्यक्रमको शोभा तथा गुरुङ्ग संस्कृतिको मौलिकपनको उजागर भएको देखिन्थ्यो । त्यसै गरी कार्यक्रको मुख्य आकर्षण गुरुङ्ग संस्कृति झल्कने विभिन्न गीतहरुमा शृषा /सभ्यता/गंगा /अविना/मंन्जु/संम्झना/कृष्ण/करिश्मा/अशुं/अदिक्षा /निरज/ मिनु /गिष्मा /विनोद/अशोक / संजय/कुशल/गणेश/राजुले एकल सामुहिक तथा युगल नृत्य प्रस्तुत गर्नु हुँदा दर्शकदीर्घाबाट तालिको गडगडाहटले सम्मान गरिएको
थियो ।
सोही दिन गुरुङ्ग संस्कृतिको परम्परागत रस्सी तान्ने खेलमा पोखरेली ब्वाइजलाई हराउँदै अल नेपाल टिमले बाजी मारेको थियो भने घैंटो फुटाउने खेलमा पुरुष तर्फ शिषिर बास्ताकोटी र महिला तर्फ जीवन राई विजय भएका थिए । त्यस्तै तातो आलु खेलमा सभ्यता गुरुङ्ग प्रथम भएकी थिइन । गुरुङ्ग भाषा र संस्कृतिको विकास गर्ने हेनुले गुरुङ्ग भाषाको हाजिरी जवाफ प्रतियोगितालाई समाबेस गरिएको थियो । कार्यक्रमको अन्त्यतिर फिरोज रानाले चर्चित गीत संगीतबाट कार्यक्रमको समापन गरिएको थियो । सो कार्यक्रमको संचालन निरज गुरुङ्ग र कुशल गुरुङ्गले संयुक्त रुपमा गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



