सिड्नीमा ‘चिल्ड्रेन ट्यालेन्ट शो’ हुदै, अडिसनमा सहभागीताका लागि अनुरोध

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, पुस २८, २०७४
नेपालिज अष्ट्रेलियन एसोसिएसन (एनएए) ले बिगत केहि बर्ष देखि गर्दै आइरहेको चिल्ड्रेन ट्यालेन्ट शोलाई यस बर्ष पनि अझ ब्यबस्थित रुपमा निरन्तरता दिदैछ । धेरै भन्दा धेरै सहभागीहरु को  कार्यक्रम प्रतिको चासो र सहभागिताको लागि बढ्दो ईच्छालाई ध्यानमा राख्दै संस्थाले यस पटक आउने जनवरी २० का दिन बिभिन्न विधामा बाबु नानीहरु को अडिसन लिदैछ ।
अडिसनमा नेपाली कल्चरल नृत्यहरु जुनियर, सिनियर, सोलो र समुहमा ८ वटा नृत्य अडिसनबाट छनौट गरिनेछ ।  सांगितिक बाद्यबाधन बजाउने ४ वटा कार्यक्रम आयोजना गरिनेछ जुन अडिसन मार्फत बाद्यबाधनको पनि छनौट गरिनेछ । नेपाली र अंग्रेजी गरि ४ वटा गायनको आयोजना हुनेछ । त्यसैगरि सार्वजनिक रुपमा बक्क्तित्वकलाको समेत आयोजना हुनेछ । जुन बिभिन्न ३ शिर्षकमा आयोजना गरिनेछ भने एक ड्रामा पनि देखाइनेछ ।
जनवरी २० का दिन  South Campsie Bowling Club,  38 Jarret St, Clemton Park NSW 2206 मा हुने उक्त अडिसनमा जति सक्दो छिटो आफ्ना बाबु-नानीको ईच्छा र खुबी अनुसार अनलाईन फर्म भरि दिनु हुन संस्थाका माहा सचिब एबम चिल्ड्रेन ट्यालेन्ट शोका संयोजक मधु पुडासैनीले सबै अभिभाबाकहरु लाई अनोरोध गरेका छन् ।  यसरि अडिसन बाट छनोट भएका बाबु- नानिहरु ले आ-आफ्नो  प्रतिभा फेब्रोवारी २४ मा सिड्नी हर्स्टभिलको मराना अडिटोरियममा प्रस्तुत गर्नेछन ।
अनलाइन फर्मको लागि तलको लिंक किल्क गर्न सकिनेछ,  फर्म भरि सके पछि अन्त्यमा रहेको ‘सबमिट’ बटन थिच्न साथ् फर्म संस्थाका पदाधिकारीहरु ले प्राप्त गर्नेछन् र आबश्यक परेमा संस्थाका पदाधिकारीहरु ले तपाईलाई सम्पर्क गर्नेछन।
थप जानकारीका लागि संस्थाको वेब पेज www.naa.org.au या मधु पुडासैनीलाई 0423 084 297  मा सम्पर्क गर्न सकिनेछ।