डा.केसी र सरकारबीच सहमति

डा.केसीले शनिवार अनसन तोड्ने
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– छ दिनदेखि अनसनमा रहेका डा.गोविन्द केसी र सरकारबीच सम्झौता भएको छ । सहमति भए लगत्तै डा. केसीले आज शनिवार अनसन तोड्ने भएका छन् ।

सरकारतर्फबाट स्वास्थ्य मन्त्री दीपक बोहोरा र डा.केसीबीच ५ बुँदे सहमति भएको हो । डा. केसीको अनशन तोडाउन मन्त्री बोहोरा शुक्रवार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । टोलीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल र वर्तमान उपाध्यक्ष स्वर्णिम वाग्ले पनि थिए । मन्त्री बोहोराले डा केसीले उठाएका माग आशिंक रुपमा सर्वोच्च अदालतले सम्बोधन गरिसकेकाले अनसन तोड्न आग्रह गरेका थिए ।

सहमतिका पाँच बुँदा

१) चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने ।

२) श्री सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–ध्इ–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा ँजहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।

३) त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने । आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा ९सिनेट०को विशेष बैठक बोलाउने ।

४) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने ।

५) डा गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने ।