ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८ हुदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
अष्ट्रेलियाको नेपाली समुदायमा खेलको माध्यमले सबैलाई जोड्दै आइरहेको नेपलीज रिक्रियसन क्लब (एनआरसी) ले बिगतमा संचालन गर्दै आइरहेको अष्ट्रेलिया ब्यापी खेल प्रतियोगिताहरु लाई अझ फराकिलो पार्दै ओसियाना भरि कै देश हरुमा रहेका खेल प्रेमीहरु बीचको प्रतियोगिता ‘ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८’ को आयोजना गर्दैछ । यस भन्दा अगाडी ३ वटा सफल प्रतियोगिताहरु संचालन गरिसकेको एनआरसीले गर्न लागेको यो ओसियाना ब्यापी प्रतियोगिता चौथो हुने पनि संस्थाले जनाएको छ। 
एनआरसी संगै हातेमालो गर्दै ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८ मा  Nepalese Cricket Association of Australia (NCAA), Machhapuchhre Football Club (MFC), Buzzers Basketball Club (BBC) र  Baglung Australian Community (BAC) पार्टनरशिपको रुपमा रहेका छन्।  त्यसै गरि Nepalese Association of Victoria (NAV), Nepalese Association of Queensland (NAQ), Australia Nepal Friendship Society (ANFS), Nepalese Association ofWestern Australia (NAWA), Nepalese Association of Northern Territory (NANT), Adelaide Nepali Samaj (ANS), Nepali Samaj of Tasmania (NEST), Nepalese Association of Bay of Plenty (NABoP), Embassy of Nepal and Consulate Offices of Nepal लगायन ओसियाना क्षेत्रका देशहरुमा रहेका Non Resident Nepalese Association (NRNA) संग को सहकार्यमा यस पटक स्पोर्ट्स मीट गर्न लगिएको  ‘एनआरसी’को तर्फबाट जबिन श्रेष्ठले जानकारी गराएका छन्।
प्रतियोगिता ३० मार्च देखि २ अप्रिल सम्म सिड्नी का भिन्न भिन्न स्थानमा हुदै छन् । खेल संग सम्बद्द संस्थाहरु र यहाँ रहेका सामुदायिक संघ संस्थाको सहकार्यको यस प्रतियोगिता बिगतमा भन्दा थप केहि खेलहरु समाबेश गर्दै आयोजना हुदैछ । जस अनुसार चौथो ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८ मा  ५ किलोमिटर दौड, सेभेन ए साइड सकर, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, गल्फ,  लोङ्ग टेनिस, टेबल टेनिस र भलिबल छन् ।
बृहतर रुपमा सम्पन्न हुन लागि रहेको यस खेल उत्सबलाई सफल पार्न न्यू साउथ वेल्समा जविन श्रेष्ठ र बिष्णु हमाल, साउथ अष्ट्रेलियामा सुपक अधिकारि र सन्तोष अधिकारी, कुइन्ल्यन्डमा हरि खड्का र अभिमन्न्यु केसी, वेस्टर्न अष्ट्रेलियामा दीपक बस्नेत र रुस्तम मास्के, भिक्टोरियामा जोग लिम्बु र मधु पोखरेल, डार्बिनमा सुदीप श्रेष्ठ र हेम पुन, क्यन्बेर्रामा डा. दुर्गा कंडेल, ज्ञानु सापकोटा र निरज जोशी, तास्मनियामा पुनम पन्त र रामचन्द्र चालिसे, पपुवान्युगिनीमा राजबहादुर शाही र न्युजिल्यान्डमा केश गुरुङ र महिला तर्फ मिना शर्मा, कुमारी गुरुङ  र सहारा बस्नेत संयोजनकर्ताका रुपमा रहेको पनि एनआरसीले जनाएको छ । उक्त शहर र देशबाट सहभागी हुन चाहने खेलाडीहरु ले उल्लेखित व्यक्तिहरु मार्फत या या थप जानकारीको लागि एनआरसी वेब साईट http://nrc.org.au मार्फत सम्पर्क गर्न सकिनेछ।