नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर
काठमाडौं— नेपाल र चीनबीच यातायात, पारवहन, स्वतन्त्र व्यापार तथा ऋण सहायता सम्बन्धि महत्वपूर्ण सम्झौता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली तथा चीनका अधिकारीहरुबीच यस्तो सम्झौता भएको हो ।
नेपाल र चीनबीच यातायात—पारवहन सम्झौता भएको छ । सोमबार बिहान भएको द्विपक्षिय छलफलमा नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता पनि भएको छ । सोमबार नै भएको छलफलमा चीनले नेपालमा ३२ हजार घरधुरीलाई सौर्य बत्ति जडान गरिदिने भएको छ ।
यसका साथै चीनले नेपाललाई सहुलियत ऋण प्रदान गर्ने चीन भ्रमण टोली स्रोतले जनाएको छ । पोखरामा निर्माण हुन लागेको विमानस्थलका लागि ऋण सम्झौता भएको हो । यसबाहेक चीनले नेपालमा ग्यास तथा तेल अन्वेषणमा सहयोग पुर्याउने प्रतिवद्धता जनाएको छ । त्यस्तै हिल्सा पुल निर्माण गर्न पनि चीनले सहयोग गर्ने कुरामा सहमति भएको छ ।
नेपाल तथा चीनबीच भएका द्विपक्षिय छलफल र सम्झौताको संयुक्त वक्तव्य निकाल्ने तयारी पनि भइरहेको छ । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई चीनमा भव्य स्वागत र सम्मान गरिएको छ । उनलाई तोप पड्काएर सलामी दिइएको समाचारहरुमा जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...