नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर
काठमाडौं— नेपाल र चीनबीच यातायात, पारवहन, स्वतन्त्र व्यापार तथा ऋण सहायता सम्बन्धि महत्वपूर्ण सम्झौता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली तथा चीनका अधिकारीहरुबीच यस्तो सम्झौता भएको हो ।
नेपाल र चीनबीच यातायात—पारवहन सम्झौता भएको छ । सोमबार बिहान भएको द्विपक्षिय छलफलमा नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता पनि भएको छ । सोमबार नै भएको छलफलमा चीनले नेपालमा ३२ हजार घरधुरीलाई सौर्य बत्ति जडान गरिदिने भएको छ ।
यसका साथै चीनले नेपाललाई सहुलियत ऋण प्रदान गर्ने चीन भ्रमण टोली स्रोतले जनाएको छ । पोखरामा निर्माण हुन लागेको विमानस्थलका लागि ऋण सम्झौता भएको हो । यसबाहेक चीनले नेपालमा ग्यास तथा तेल अन्वेषणमा सहयोग पुर्याउने प्रतिवद्धता जनाएको छ । त्यस्तै हिल्सा पुल निर्माण गर्न पनि चीनले सहयोग गर्ने कुरामा सहमति भएको छ ।
नेपाल तथा चीनबीच भएका द्विपक्षिय छलफल र सम्झौताको संयुक्त वक्तव्य निकाल्ने तयारी पनि भइरहेको छ । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई चीनमा भव्य स्वागत र सम्मान गरिएको छ । उनलाई तोप पड्काएर सलामी दिइएको समाचारहरुमा जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...