महिलाहरुको सक्रियतामा ‘द ग्रेट ग्याट्सवि’ थिममा क्रुज पार्टी हुदै

सात बर्ष अगाडी अस्ट्रेलियामा बसोबास गरिरहेका ४९ जना महिलाहरु संलग्न रहेर स्थापित संयुक्त कम्पनी नेप-अस उमन फाइनान्स प्राइभेट लिमिटेडले फेब्रुअरी ३ का साँझ ६ बजे देखि १०.३० सम्म सिड्नीमा एक क्रुज पार्टीको आयोजना गर्दैछ।
११ जना बोर्ड अफ डाइरेक्टर र अन्य शेयर होल्डर रहेको उक्त कम्पनीकी म्यानेजिंग डाइरेक्टरमा सुमित्रा बिष्ट हुनुहुन्छ। सुमित्रा बिष्टका अनुसार आज भन्दा सात बर्ष अगाडी महिला इम्पावरमेन्टको लागि संयुक्त लगानीको अबधारणा अघि सर्दै स्थापित सो कम्पनीले आयोजना गर्ने सो मनोरन्जनात्मक क्रुज पार्टी बिगतका क्रुज पार्टीहरु भन्दा बिल्कुलै भिन्न हुनेछ। नाईनटीन ट्वेंन्टीज को प्रसिद्ध उपन्यास ‘द ग्रेट ग्याट्स वि’ थिममा आयोजना गर्न लागिएको सो पार्टीमा सोहि थिम अनुसार ड्रेस अप गरेर आउन पनि सबैलाई आग्रह गरिएको छ। 
बफे डिनर , राफल प्राइजेज, फोटो कर्नर र डिजे सहितको उक्त क्रुज पार्टीमा बयस्क (एडल्ट) मात्र उपस्थित हुन सक्नेछन् भने टिकट मुल्य ६० डलर राखिएको आयोजकले जनाएको छ। 54/56 Pirrama Road, Pyrmont बाट साँझ ६.०० बजे क्रुज प्रस्थान गर्ने छ र साढे चार घण्टा समुद्रमा शयर गर्नेछ।
कार्यक्रममा उपस्थिति भइ बिल्कुलै भिन्न यो क्रुज पार्टीको आनन्द लिन पनि आयोजकले सिड्नीमा रहेका नेपाली तथा अन्य समुदायका व्यक्तिहरुलाई उपस्थित हुन आग्रह गरेको छ। यस सम्बन्धि सम्पूर्ण जानकारीको लागि कार्यक्रम संयोजक स्याण्डी: ०४०२१६९७१० तथा रन्जु: ०४०५०६०४५६: अन्जना : ०४३४३४२५९१ र सुमित्रा : ०४०२२२३४९४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...