प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण सम्पन्न

काठमाडौं– आज आईतबार देशका सात वटै प्रदेशका प्रदेश सभा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । संविधान र प्रदेश सभा निर्वाचन ऐन अनुसार निर्वाचित जेष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । ज्येष्ठ सदस्यलाई भने प्रदेश प्रमुखले सपथ ग्रहण गराएका छन् ।
संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेश सभामा सभामुख, उपसभामुखको निर्वाचन नभएको अवस्थामा संविधानको धारा १८२ ९५० र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ ९१० अनुसार प्रदेश प्रमुखले निर्वाचित ज्येष्ठ सदस्यलााई सपथ ग्रहण गराएका हुन् ।
सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो ।
आयोगले २४ माघमा तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै शुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै गराइएको हो ।
सपथ ग्रहण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै साँसदहरुले प्रदेशको आर्थिक, सामाजिक विकासमा लाग्ने प्रतिवद्धता जनाएका छन् । संविधान अनुसार निर्वाचन आयोगले निर्वाचनको नतिजा बुझाएको ३० दिनभित्र प्रदेश सरकार गठन भइसक्नु पर्ने समयसीमा तोकेको छ ।
प्रदेश नम्बर २ का १०७ जना सांसदहरुले तीन भाषामा सपथ लिएका छन् । दुई नम्बर प्रदेशका सांसदले नेपाली, मैथिली र भोजपुरीमा सपथ लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दीलिपकुमार यादवले जानकारी दिए । जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा उनीहरुले सपथ लिएका हुन् ।
प्रदेश नं ४ मा मनाङबाट निर्वाचित दिपक मनाङ्गे राजीव गुरुङ र एमालेबाट निर्वाचित तनहुँका रामबहादुर गुरुङ भने शपथग्रहण कार्यक्रममा अनुपस्थित भए । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अदालतबाट ५ बर्ष जेल सजाय सुनाइएकाले मनाङ्गे उपस्थित नभएका हुने भने अर्का साँसद तनहुँका रामबहादुर गुरुङ विदेशमा रहेकाले उपस्थित हुन नसकेको बुझिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...