प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण सम्पन्न

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– आज आईतबार देशका सात वटै प्रदेशका प्रदेश सभा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । संविधान र प्रदेश सभा निर्वाचन ऐन अनुसार निर्वाचित जेष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । ज्येष्ठ सदस्यलाई भने प्रदेश प्रमुखले सपथ ग्रहण गराएका छन् ।
संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेश सभामा सभामुख, उपसभामुखको निर्वाचन नभएको अवस्थामा संविधानको धारा १८२ ९५० र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ ९१० अनुसार प्रदेश प्रमुखले निर्वाचित ज्येष्ठ सदस्यलााई सपथ ग्रहण गराएका हुन् ।
सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो ।
आयोगले २४ माघमा तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै शुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै गराइएको हो ।
सपथ ग्रहण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै साँसदहरुले प्रदेशको आर्थिक, सामाजिक विकासमा लाग्ने प्रतिवद्धता जनाएका छन् । संविधान अनुसार निर्वाचन आयोगले निर्वाचनको नतिजा बुझाएको ३० दिनभित्र प्रदेश सरकार गठन भइसक्नु पर्ने समयसीमा तोकेको छ ।

प्रदेश नम्बर २ का १०७ जना सांसदहरुले तीन भाषामा सपथ लिएका छन् । दुई नम्बर प्रदेशका सांसदले नेपाली, मैथिली र भोजपुरीमा सपथ लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दीलिपकुमार यादवले जानकारी दिए । जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा उनीहरुले सपथ लिएका हुन् ।

प्रदेश नं ४ मा मनाङबाट निर्वाचित दिपक मनाङ्गे राजीव गुरुङ र एमालेबाट निर्वाचित तनहुँका रामबहादुर गुरुङ भने शपथग्रहण कार्यक्रममा अनुपस्थित भए । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अदालतबाट ५ बर्ष जेल सजाय सुनाइएकाले मनाङ्गे उपस्थित नभएका हुने भने अर्का साँसद तनहुँका रामबहादुर गुरुङ विदेशमा रहेकाले उपस्थित हुन नसकेको बुझिएको छ ।