प्रदेश प्रमुखको कार्यालयमा खटे कर्मचारी

काठमाडौं– सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्नका लागि कर्मचारी खटाएको छ । मन्त्रालयले यसअघि कार्यालय सञ्चालन गर्न सहसचिव पठाइसके पनि आइतबारदेखि अन्य कर्मचारी खटाइएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार १८ जना कर्मचारीका दरले सातवटै प्रदेश प्रमुखको कार्यालयमा कर्मचारी खटाइएको छ ।
आइतबार पत्र दिएर अन्य कर्मचारीलाई सम्बन्धित प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्न पठाएका छौं, न्यौपानेका अनुसार ती कर्मचारी सोमबारसम्म पुगी कार्यलय सुचारु गरिनेछ । खटिइएका कर्मचारीमा दुई उपसचिव, सात शाखा अधिकृत, दुई नायब सुब्बा, एक कम्प्युटर अपरेटर, तीन कार्यालय सहयोगी र दुई जना सवारी चालक छन् ।
यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि प्रदेश नं १ मा रामकृष्ण गुरागाईँ, प्रदेश नं २ मा लावण्यकुमार ढकाल, प्रदेश नं ३ मा चर्तुभुज ज्ञवाली, प्रदेश नं ४ मा देवीप्रसाद ज्ञवाली, प्रदेश नं ५ मा सनतकुमार दुवाडी, प्रदेश नं ६ मा भरतबहादुर ढुंगाना र प्रदेश नं ७ मा युवराज सुवेदी पठाइसकेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...