मेल्वर्नमा पहिलो नेपाली डेन्टल क्लिनिक

गत २० जनवरीमा ५९९ सायस् रोड होपरस् क्रसिङ्गस्थित डेन्टल एट होपरस् नामक डेन्टल क्लिनिकको उद्घाटन भएको छ । डा. सरोजानी मास्के र उनका श्रीमान् राजन मास्केको संयुक्त पहलमा खोलेको यो क्लिनिक अष्ट्रेलियाको भिक्टोरीया राज्यमा नै पहिलो नेपालीले खोलेको क्लिनिक बन्न सफल भएको छ । विगत लामो समयदेखि दाँतको डाक्टर पेशामा आबद्ध डा.मास्केले नेपाली समुदायमा नेपालीकै क्लिनिक हुन अत्यन्त जरुरी ठानेपछि यो क्लिनिक खोलेको हो । नेपाली टाइम्स् मेल्वर्नमा कुराकानी गर्दै डा. मास्केले आफूलाई धेरै नेपालीहरुले सम्पर्क गरेर नेपालीले नै खोलेको दाँतको क्लिनक छैन भन्दै अलि सस्तो र अलि सजिलो पनि हुन्थयो कि नेपालीकोमा जान भन्ने जिज्ञासाहरु आउन थालेपछि क्लिनिक आवश्यक भएको महसुस भएको बताएकी छिन् । दाँतको उपचार अष्ट्रेलियामा एकदमै महँगो पर्ने र विद्यार्थीहरुको इन्सुरेन्सले पनि कभर नगर्ने भएकोले यस क्लिनिकले पारिवारीक वातावरण प्रदान गर्दै सहुलियत मुल्यमा उपचार गरिदिने बताएको छ । क्लिनिकमा धेरै समुदायको मानिसहरु आउँछन् तर नेपालीहरुलाई विशेष प्राथमिताको साथ उपचार र हेरविचार गर्ने प्रतिवद्दता गर्दै क्लिनिक सातैदिन खुल्ने जानकारी पनि संस्थापक राजन मास्केले दिएका छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...