थकाली सेवा समिति अष्ट्रेलियाको चौथो अधिबेशन सम्पन्न 

इन्द्र कुमार तुलाचनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
थकाली सेवा समिति अष्ट्रेलियाको चौथो अधिवेशन गत ७ जनवरी २०१८ आईतवारको दिन सिड्नीको रक्डेलमा सम्पन्न भएको छ।  संस्थाका पुराना गतिविधीहरु  र आय-ब्यय प्रस्तुती संगै सम्पन्न अधिबेशनले जहाँ जुन मुलुकमा जिविकोपार्जनको लागि पुगे पनि आफ्नो संस्कार जोगाइ राख्न र दोश्रो पुस्तामा आफ्ना संस्कृति सिकाइ राख्न निरन्तर लागिरहने प्रतिबद्दता सहित नयाँ कार्यसमितिको चयन गरेको छ।
अधिबेसनले आगामी ३ बर्षको लागि इन्द्र कुमार तुलाचनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको संस्थाले जारि गरेको प्रेस बिज्ञप्तिमा जनाईएको छ ।  केहि पदहरु पछि पूर्ति गर्ने गरि हाललाई कार्यसमितिका  चार उपाध्यक्षहरु, भरत शेरचन, रविन शेरचन , ॐ गौचन, तारा भट्टचन रहनुभएको छ ।  सचिबमा गजेन्द्र गौचन, सह- सचिव- सुरज तुलाचन, कोषाध्यक्ष- सुभाश गौचन, सह- कोषाध्यक्ष-  सुजन गौचन  चुनिनु भएको छ ।  यसै गरि कार्यसमितिका सदस्यहरुमा :- गीता तुलाचन, रन्जिता शेरचन, बिष्णु गौचन, धना शेरचन, पुर्णिमा गौचन, पुनम गौचन ,आजुमी शेरचन, बिकास शेरचन, सकिल गौचन, दिवान भट्टचन र प्रवेश शेरचन रहनु भएको छ। त्यसै गरि संस्कृति संयोजकमा अनिल भट्टचन हुनुहुन्छ भने अन्य बिभिन्न क्षेत्रका संयोजकहरुको जिम्मेवारी पछि निर्धारण गरिनेछ।  अधिबेशनले सल्लाहकारहरु मा सुदिप गौचन,  दिपक शेरचन, नारायण भट्टचन मनोनयन गरेको छ भने अन्य सल्लाहकारहरु पछि आबश्यकता अनुसार चयन गरिनेछ।  यसै गरि अधिबेशनले संस्थाको केन्द्रिय प्रतिनिधिको रुपमा तुफान गौचनलाई चुनेको छ भने थप एक केन्द्रिय प्रतिनिधि पनि पछि चयन गरिनेछ।